११ असार / अर्थ र व्यापार - अहिले सम्मकै उच्च मूल्य कायम भएको सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारकोलागि प्रति तोला सुनको मूल्य ६५ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।मंगलबार सुनको मूल्य ६५ हजार पाँच सय रुपैयाँ कायम भएको थियो।यो मूल्य नेपाली सुन बजारमा हालसम्मै उच्च हो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेकोले नेपाली बजारमा सुनको मूल्य घटेको महासङ्घले जनाएको छ । नेपाली बजारमा अन्तराष्ट्रिय बजारमा कायम हुने मूल्यको आधारमा सुनको मूल्य तय गरिन्छ ।
बुधबार सुनसँगै चाँदीको मूल्य समेत घटेको छ । प्रति तोला पाँच रुपैयाँ घटेर ७३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस अघि २०७५ चैत ८ गते प्रतितोला सुनको मूल्य ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
तपाईको प्रतिक्रिया