२२ जेठ / अर्थ र व्यापार - आज सुनको मुल्य प्रतितोला ६२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ६१ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज ३ सय रुपैयाँ बढेर ६२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गरेपछि सुनको मूल्य निरन्तर उकालो लागेको नेपाल सुुनचाँदी ब्यवसायी महासंघको तथ्यांकले देखाएको छ ।बजेटपछि ६ दिनको अवधिमा सुन प्रतितोला २५ सय रुपैयाँले बृद्धि भएको छ। चाँदीको मूल्यमा भने सामान्य घटबढमात्र देखिएको छ । बजेट यता ६ दिनमा चाँदी तोलामा १५ रुपैयाँ बढेको छ ।
हिजो प्रतितोला ७ सय १० रुपैैयाँमा कारोबार भएको चाँदी आज ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईको प्रतिक्रिया