२२ कार्तिक / अर्थ र व्यापर - सुनको भाउ कार्तिक २२ गते शुक्रबार घटेको छ । शुक्रबार छापावाला सुन तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन बिहीबार सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ७० हजार ६०० रुपैयाँमा खरीद बिक्री भएको थियो । आइतबारदेखिनै ३ दिन लगातार घटेको सुनको भाउ बिहीबार भने केहि बढेको थियो।
शुक्रबार तेजावी सुन पनि तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
सुन सँगै बिहीबार चाँदीको भाउमा समेत गिरावट देखिएको छ । बिहीबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।अघिल्लो दिन बिहीबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८५० रुपैयाँमा खरीद बिक्री भएको थियो ।
तपाईको प्रतिक्रिया