logo

घरेलु तथा साना उद्योग थपिने क्रम बढ्दो , ८३० उद्योग दर्ता

    2379   पटक पढिएको

३ असार / अर्थ र व्यापार - बाँके जिल्लामा पछिल्लो समयमा घरेलु तथा साना उद्योगमा घरेलु उद्योग थपिँदै गएका छन् । जिल्लामा घरेलु उद्योग थपिदै जाँदा लगानी गर्ने क्रम पनि बढ्दै गएको छ । राजनीतिक अस्थिरता र आङ्शिकरूपमा भए पनि विद्युत्को समस्या समाधान भएकाले उद्योग सञ्चालनको वातावरण सिर्जना भएको हो । घरेलु तथा साना उद्योगबाहेक बाँकेमा करोडौँको लगानीमा धेरै ठूला उद्योगसमेत सञ्चालनमा आउन थालेका छन् । चालू आर्थिक वर्ष २०७५÷७६ को वैशाख मसान्तसम्म जिल्लामा ८३० उद्योग दर्ता भएका छन् । 

तीमध्ये प्राइभेट फर्म ६९७, साझेदारी ६२ र ७१ प्रालिमा दर्ता भई अनुमति लिएका छन् । दर्ता भएका अधिकांश उद्योग सञ्चालनको प्रक्रियामा छन् । चालू आर्थिक वर्षमै दर्ता भई सञ्चालनमा आएका र आउने क्रममा रहेका उद्योगले करीब चार हजारलाई रोजगारी प्रदान गर्नेछन् । व्यवसायीले लगानीको वातावारण बन्दै गएकाले घरेलु तथा साना उद्योगमा आकर्षण देखिएको बताएका छन् ।
नयाँ उद्योग थपिएसँगै रोजगारीमा समेत वृद्धि भएको छ ।

औद्योगिक विकासमा घरेलु तथा साना उद्योगको महत्वपूर्ण योगदान रहे पनि सरकारले यसलाई थप मजबुत बनाउन कुनै चासो नदिएको घरेलु तथा साना उद्योग महासङ्घ बाँकेकी सचिव मधु खड्काले बताउनुभयो । उनले साना उद्योग सञ्चालन गर्न उद्यमीलाई प्रोत्साहन गर्न राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।

दर्ता भएका साना उद्योगको लगानी करीब रु दुई अर्ब रहेको अनुमान छ । यी उद्योगले वार्षिकरूपमा करीब रु तीन अर्ब बराबरका सामग्री उत्पादन गर्ने लक्ष्य लिएका छन् । व्यवसायीहरुले उद्योगलाई फस्टाउने वातावरण बनाउन सरकारले विभिन्न प्रकारका सहुलियत प्रदान गर्नुपर्ने बताएका छन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।