logo

कोभिड–१९ संक्रमणबीच ६ महिनामा पाँच वटा ग्यास उद्योग बिक्री

    2978   पटक पढिएको


१६ असोज/अर्थ र व्यापार– कोभिड–१९ संक्रमणबीच ६ महिनाको अवधिमा पाँच वटा ग्यास उद्योग बिक्री भएको छ।

६ महिनाको अवधिमा आरती, एचपी, त्रिवेणी, गीता र सैपाल ग्यास उद्योग बिक्री भएको हो ।

खेतान समूहको एचपी ग्यास बाहेक सबै ग्यास उद्योग कोभिड–१९ संक्रमणका कारण गरिएको लकडाउनले आर्थिक क्षति हुदा बिक्री भएको देखिन्छ।  

यसैबीच नवलपरासीमा रहेको आरती ग्यास उद्योग बिक्री भएको छ । कोभिड–१९ संक्रमणबीच बिक्री हुनेमा आरती पाँचौ उद्योग हो । आरती ग्यास उद्योग दिवान चन्दले १५ करोड रुपैयाँमा किनेका हुन् । उनी नेपाल एलपी ग्यास उद्योग संघका महासचिव पनि हुन् ।

कोभिड–१९ संक्रमण नियन्त्रणको लागि गरेको लकडाउनका कारण होटल, रेष्टुरेन्टहरु बन्द हुंदा ग्यासको खपतमा ३० प्रतिशतले कमि आएको थियो । 

बजारमा ग्यास खपतमा कमी आएपछि केही टन मात्रै ग्यास बिक्री गर्ने उद्योगहरु सबैभन्दा बढी नोक्सानीमा गए ।एक ग्यास उद्योग संञ्चालकका अनुसार कोभिड–१९ संक्रमणका कारण ग्यासको खपतमा कमि आएसंगै आफुले बिक्री प्रक्रिया अगाडी बढाएको बताए ।  

ग्यासमा वर्षौदेखि लगानी गरेका स्थापित उद्योगीहरुले खर्च पनि धान्नै नसक्ने अवस्थामा पुगेका उद्योगहरुलाई सस्तोमा खरिद गर्नेक्रम बढेसंगै छोटो अवधिमा धेरै ग्यास उद्योगहरु बिक्री भएका हुन् ।
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।