logo

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर होटल क्षेत्रमा वैदेशिक लगानी बढ्यो

    1420   पटक पढिएको

२२ कार्तिक / अर्थ र व्यापर -  नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उल्लेख्य मात्रामा वृद्धि भएको पाइएको छ ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा पर्यटन उद्योग (होटल तथा रेष्टुराँ) मार्फत ५ अर्ब ७७ करोड वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार चालू आवको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा शत्प्रतिशत लगानी वृद्धि भएको छ ।

विदेशी लगानीतर्फ चालू आवको ३ महिनामा ७७ उद्योगले स्वीकृति पाएका छन् । यसमा सबैभन्दा बढी ३९ वटा पर्यटन उद्योगसँग सम्बन्धित छन् । सेवातर्फ २५, उत्पादनका सात, सूचना प्रविधिसम्बन्धी छ र कृषि, वन पैदावारका एक उद्योग रहेका छन् । उपयुक्त परियोजनाका लागि रु ११ अर्ब ३६ करोडको प्रतिबद्धता आएको विभागले जनाएको छ । गत वर्षको सोही अवधिमा रु चार अर्ब ८३ करोड ५२ लाख विदेशी लगानी प्रतिबद्धता आएको थियो ।

विभागका निर्देशक एवं प्रवक्ता विनोद खड्काले चालू आवको पहिलो तीन महिनामा उत्साहवद्र्धक रुपमा विदेशी लगानी प्रतिबद्धता आएको बताउनुभयो । अघिल्लो आवको सोही अवधिको तुलनामा अहिले शत्प्रतिशत लगानी बढेको उनले उल्लेख गरियो ।

उद्योग विभागको आँकडाअनुसार नेपालमा होटल तथा रेष्टुराँ क्षेत्रमा चिनियाँ लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । आर्थिक रुपमा करीब रु सात अर्ब चिनियाँ व्यवसायीले लगानी गर्नेछन् । यस्तै भारतका दुई र एक जापानिज लगानीकर्ताले होटल तथा रेष्टुरेन्टमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

विभागको विवरणमा चिनियाँ लगानीका दुई तारे होटल तथा रेष्टुराँ काठमाडौँ र पोखरामा सञ्चालन गर्ने इच्छा जनाएका छन् । भ्रमण वर्षलाई सार्थक तुल्याउन महत्वपूर्ण पर्यटकीय पूर्वाधारको रुपमा रहेको होटल क्षेत्रको विशेष योगदान रहन्छ । समग्रतामा नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण देखिएको विभागका निर्देशक खड्काले बताउनुभयो । उहाँले मुलुकमा लगानीको वातावरण सिर्जना भएको र नीतिगत सुधारका कारण पनि लगानी बढेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।