logo

बाइक र गाडीको एसेम्बल प्लान्ट स्थापनामा विदेशीको चासो, सवा अर्ब लगानी गर्ने प्रतिवद्धता

    1932   पटक पढिएको

१७ मंसिर / अर्थ र व्यापार - नेपालमा विद्युतीय सवारी साधन सञ्चालनको नीति ल्याएसँगै नेपालमै इलेक्ट्रिक स्कुटर, मोटर बाइक तथा रिक्सा एसेम्बल गर्नका लागि विदेशी कम्पनीहरुले चासो देखाएका छन् । उद्योग विभागका १० वर्षको अवधिमा इलेक्ट्रिक स्कुटर, बाइक तथा रिक्सा एसेम्बलिङ प्लान्ट स्थापना गर्नका लागि २२ वटा कम्पनीले सवा अर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानीको प्रतिवद्धता आइसकेको छ ।

उद्योग विभागका अनुसार डेढ वर्षमा मात्रै ७ वटा विदेशी कम्पनीले नेपालमा एसेम्बल प्लान्ट स्थापना गर्नका लागि चासो देखाएका छन् । साथै, २०६५ सालदेखि यता २२ वटा विदेशी कम्पनीले इलेक्ट्रिक स्कुटर, बाइक, रिक्सा, जिप तथा कार स्थापना गर्नका लागि चासो देखाएका छन् ।

उद्योग विभागका अनुसार सबैभन्दा बढी चीनबाट यस्ता उद्योगमा लगानीका लागि प्रतिबद्धता आएको हो ।जसमा टु ह्विलरका रुपमा इलेक्ट्रिक स्कुटर र बाइक र थ्री ह्विलर रिक्सा एसेम्बलिङ गर्न प्लान्ट स्थापना गर्ने कम्पनीको संख्या धेरै छ । चीनले मात्रै यस अवधिमा १ अर्ब १८ करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाइ सकेको छ । नेपालमा यसअघि पनि सवारी साधन उत्पादन नभएको होइन । यसअघि डा. बाबुराम भट्टराईले प्रधानमन्त्री भएका बेलामा चढेको मुस्ताङ म्याक्स नेपालमै एसेम्बल भएको थियो । साथै, कस्मिक ब्राण्डको मोटरबाइक पनि नेपालमै एसेम्बल भएको थियो ।

तर अहिले ती उत्पादन बन्द छन् । अहिले गोल्छा अर्गनाइजेसनले नेपालमै बजाज ब्राण्डका केही बाइक एसेम्बल गर्दै आएको छ । उद्योग विभागका अनुसार यस्तो प्लान्ट स्थापना गर्नका लागि चीन बाहेक भारत, इटली र दक्षिण कोरियाबाट चासो देखाएका छन् ।

एकातिर सरकारले विद्युतीय सवारी साधनको प्रयोग बढाउन लागी परेको छ । अहिले नेपालमा विद्युतको आपूर्ती बढ्दो क्रममा छ । लोडसेडिङ हटिसकेको अहिलेको समयमा १२ सयभन्दा बढी मेगावाट विद्युत उत्पादन भइरहेको छ । भने आगामी वर्ष थप १ हजार मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

विद्युत प्राधिकरणले बढी उत्पादन हुने विद्युत खपतका लागि खाना पकाउने एलपी ग्याँसको विकल्पमा इन्डक्सन चुल्हो प्रयोग गर्न र पेट्रोलियम पदार्थको साटो इलेक्ट्रिक सवारी चलाउनका लागि आग्रह गरिसकेको छ । ठूला सवारी साधनमा समेत सुन्दर यातायातले प्लान्ट स्थापना गर्ने तयारी गरेको छ । चीनको सिचुवान गुहाङ अटोमोबाइल्स र बीएके चाइनिज कम्पनीको सहकार्यमा सुन्दर यातायातले एसेम्बल प्लान्ट स्थापना गर्न लागेको हो ।

कम्पनीले रुपन्देहीको मोतिपुरमा प्लान्ट स्थापना गर्नका लागि १२ विघा क्षेत्रफल हुने र त्यसका लागि कम्पनी स्थापना गरिसकेको जानकारी दिएको छ । जसमा १ अर्ब लगानी रहने र त्यसो हुँदा १३ लाख ढुवानी खर्च जोगिने कम्पनीको भनाइ छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।