logo

बाइक र गाडीको एसेम्बल प्लान्ट स्थापनामा विदेशीको चासो, सवा अर्ब लगानी गर्ने प्रतिवद्धता

    2181   पटक पढिएको

१७ मंसिर / अर्थ र व्यापार - नेपालमा विद्युतीय सवारी साधन सञ्चालनको नीति ल्याएसँगै नेपालमै इलेक्ट्रिक स्कुटर, मोटर बाइक तथा रिक्सा एसेम्बल गर्नका लागि विदेशी कम्पनीहरुले चासो देखाएका छन् । उद्योग विभागका १० वर्षको अवधिमा इलेक्ट्रिक स्कुटर, बाइक तथा रिक्सा एसेम्बलिङ प्लान्ट स्थापना गर्नका लागि २२ वटा कम्पनीले सवा अर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानीको प्रतिवद्धता आइसकेको छ ।

उद्योग विभागका अनुसार डेढ वर्षमा मात्रै ७ वटा विदेशी कम्पनीले नेपालमा एसेम्बल प्लान्ट स्थापना गर्नका लागि चासो देखाएका छन् । साथै, २०६५ सालदेखि यता २२ वटा विदेशी कम्पनीले इलेक्ट्रिक स्कुटर, बाइक, रिक्सा, जिप तथा कार स्थापना गर्नका लागि चासो देखाएका छन् ।

उद्योग विभागका अनुसार सबैभन्दा बढी चीनबाट यस्ता उद्योगमा लगानीका लागि प्रतिबद्धता आएको हो ।जसमा टु ह्विलरका रुपमा इलेक्ट्रिक स्कुटर र बाइक र थ्री ह्विलर रिक्सा एसेम्बलिङ गर्न प्लान्ट स्थापना गर्ने कम्पनीको संख्या धेरै छ । चीनले मात्रै यस अवधिमा १ अर्ब १८ करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाइ सकेको छ । नेपालमा यसअघि पनि सवारी साधन उत्पादन नभएको होइन । यसअघि डा. बाबुराम भट्टराईले प्रधानमन्त्री भएका बेलामा चढेको मुस्ताङ म्याक्स नेपालमै एसेम्बल भएको थियो । साथै, कस्मिक ब्राण्डको मोटरबाइक पनि नेपालमै एसेम्बल भएको थियो ।

तर अहिले ती उत्पादन बन्द छन् । अहिले गोल्छा अर्गनाइजेसनले नेपालमै बजाज ब्राण्डका केही बाइक एसेम्बल गर्दै आएको छ । उद्योग विभागका अनुसार यस्तो प्लान्ट स्थापना गर्नका लागि चीन बाहेक भारत, इटली र दक्षिण कोरियाबाट चासो देखाएका छन् ।

एकातिर सरकारले विद्युतीय सवारी साधनको प्रयोग बढाउन लागी परेको छ । अहिले नेपालमा विद्युतको आपूर्ती बढ्दो क्रममा छ । लोडसेडिङ हटिसकेको अहिलेको समयमा १२ सयभन्दा बढी मेगावाट विद्युत उत्पादन भइरहेको छ । भने आगामी वर्ष थप १ हजार मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

विद्युत प्राधिकरणले बढी उत्पादन हुने विद्युत खपतका लागि खाना पकाउने एलपी ग्याँसको विकल्पमा इन्डक्सन चुल्हो प्रयोग गर्न र पेट्रोलियम पदार्थको साटो इलेक्ट्रिक सवारी चलाउनका लागि आग्रह गरिसकेको छ । ठूला सवारी साधनमा समेत सुन्दर यातायातले प्लान्ट स्थापना गर्ने तयारी गरेको छ । चीनको सिचुवान गुहाङ अटोमोबाइल्स र बीएके चाइनिज कम्पनीको सहकार्यमा सुन्दर यातायातले एसेम्बल प्लान्ट स्थापना गर्न लागेको हो ।

कम्पनीले रुपन्देहीको मोतिपुरमा प्लान्ट स्थापना गर्नका लागि १२ विघा क्षेत्रफल हुने र त्यसका लागि कम्पनी स्थापना गरिसकेको जानकारी दिएको छ । जसमा १ अर्ब लगानी रहने र त्यसो हुँदा १३ लाख ढुवानी खर्च जोगिने कम्पनीको भनाइ छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।