logo

‘१५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनी २०७५’ पुस १३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने

    1737   पटक पढिएको

९ पुस/ अर्थ र व्यापार – जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरुको ‘१५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनी २०७५’ पुस १३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने भएको छ ।

देशलाई जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरुको उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ यो प्रर्दशनी आयोजना गर्न लागिएको हो । ७ दिनसम्म चल्ने प्रर्दशनीमा स्वदेशी उत्पादनका गुणस्तरीय जुत्ता, चप्पलका उत्पादनहरु प्रर्दशनीमा राखिनेछ । प्रर्दशनीमा उपभोक्ताका लागि १५ प्रतिशतसम्म छुटको व्यवस्था पनि गरिएको १५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनी व्यवस्थापन मूल समितिका संयोजक नवराज गौतमले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराए ।

फुट वेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको सो प्रर्दशनीमा झण्डै १ लाख ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । ‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको त्योे प्रर्दशनीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालमा अहिले जुत्ता, चप्पलको १ हजार ५ सयभन्दा बढी उद्योगहरु रहेका छन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।