logo

सिरहामा ९५ हेक्टर जमिनमा माछा पोखरी थपियो

    2190   पटक पढिएको

१७ साउन / अर्थ र व्यापार – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्ला कृषि बिकास कार्यालय सिरहाको अनुदान सहयोगमा आर्थिक वर्ष २०७३/७४ मा ९५ हेक्टर जमिनमा जलाशययुक्त माछा पोखरी निर्माण गरिएको छ।

सिरहाको ९० हेक्टर जमिनमा १ सय एक जना कृषकहरुले २ सय ८१ वटा माछा पालन गर्ने पोखरी निर्माण गरेका छन् । त्यसैगरी ५ हेक्टर जमिनमा ५ वटा माछाका भुर्रा उत्पादन गर्ने नर्सरी पोखरी निर्माण भएको छ । माछा पालक कृषकहरुको उत्साह बढाउन जिल्ला कृषि विकास कार्यालयवाट आवश्यक उपकरणहरु पनि प्रदान गरिएको छ ।

नव निर्मित जलाशययुक्त पोखरीहरुमा माछा पालन गर्दा प्रत्येक ६ महिनामा ४ सय ५ मेट्रिक टन माछा थप उत्पादन हुने र यसवाट कृषकहरुलाई प्रति हेक्टरमा प्रत्येक ६ महिनामा ९ लाख रुपैया आम्दानी हुनेछ । त्यसैगरी सिरहा जिल्ला माछामा आत्म निर्भर भई देशको अन्य शहर तथा भारतीय बजारमा समेत माछा निर्यात गर्न सक्षम हुने आशा लिईएको छ ।

पोखरी निर्माण गर्न कृषकहरुलाई प्रति हेक्टर ३ लाख रुपैयाँ सरकारी अनुदान प्रदान गरिएको छ । आर्थिक बर्ष ०७३–०७४ मा १ सय १ कृषकले करिब अढाइ करोड रुपैयाँ जिल्ला कृषि विकास कार्यालयबाट अनुदान पाएका छन् । अनुदान पाएर पोखरी निर्माण गरी माछा पालन गर्न पाउँदा माछा पालकहरु खुसी भएका छन् । 

जिल्ला कृषि बिकास कार्यालय सिरहाले जिल्लाको दुर्गापुर, बलही, फूलकाहाकट्टी, लहान र ब्रहमान गोर्छारीलाई माछा ब्लक गाउँको रुपमा घोषणा गरेको छ । माछा पालक कृषकहरु पनि निकै उत्साहित भएका छन् । माछा पालन फस्टाएपछि बेरोजगार सयौं यूवा रोजगारी समेत पाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।