logo

सिरहामा ९५ हेक्टर जमिनमा माछा पोखरी थपियो

    1928   पटक पढिएको

१७ साउन / अर्थ र व्यापार – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्ला कृषि बिकास कार्यालय सिरहाको अनुदान सहयोगमा आर्थिक वर्ष २०७३/७४ मा ९५ हेक्टर जमिनमा जलाशययुक्त माछा पोखरी निर्माण गरिएको छ।

सिरहाको ९० हेक्टर जमिनमा १ सय एक जना कृषकहरुले २ सय ८१ वटा माछा पालन गर्ने पोखरी निर्माण गरेका छन् । त्यसैगरी ५ हेक्टर जमिनमा ५ वटा माछाका भुर्रा उत्पादन गर्ने नर्सरी पोखरी निर्माण भएको छ । माछा पालक कृषकहरुको उत्साह बढाउन जिल्ला कृषि विकास कार्यालयवाट आवश्यक उपकरणहरु पनि प्रदान गरिएको छ ।

नव निर्मित जलाशययुक्त पोखरीहरुमा माछा पालन गर्दा प्रत्येक ६ महिनामा ४ सय ५ मेट्रिक टन माछा थप उत्पादन हुने र यसवाट कृषकहरुलाई प्रति हेक्टरमा प्रत्येक ६ महिनामा ९ लाख रुपैया आम्दानी हुनेछ । त्यसैगरी सिरहा जिल्ला माछामा आत्म निर्भर भई देशको अन्य शहर तथा भारतीय बजारमा समेत माछा निर्यात गर्न सक्षम हुने आशा लिईएको छ ।

पोखरी निर्माण गर्न कृषकहरुलाई प्रति हेक्टर ३ लाख रुपैयाँ सरकारी अनुदान प्रदान गरिएको छ । आर्थिक बर्ष ०७३–०७४ मा १ सय १ कृषकले करिब अढाइ करोड रुपैयाँ जिल्ला कृषि विकास कार्यालयबाट अनुदान पाएका छन् । अनुदान पाएर पोखरी निर्माण गरी माछा पालन गर्न पाउँदा माछा पालकहरु खुसी भएका छन् । 

जिल्ला कृषि बिकास कार्यालय सिरहाले जिल्लाको दुर्गापुर, बलही, फूलकाहाकट्टी, लहान र ब्रहमान गोर्छारीलाई माछा ब्लक गाउँको रुपमा घोषणा गरेको छ । माछा पालक कृषकहरु पनि निकै उत्साहित भएका छन् । माछा पालन फस्टाएपछि बेरोजगार सयौं यूवा रोजगारी समेत पाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।