logo

फिनल्याण्डका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह, शिक्षा र सूचना प्रविधिमा लगानी गर्न ईच्छुक

    2204   पटक पढिएको

६ मंसिर /अर्थ र व्यापार - आपूर्ति सचिव डा.बैकुण्ठ अर्यालले फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्स,  फिनल्याण्डको विदेश मन्त्रालय र फिन पार्टनरशीपको संयुक्त आयोजनामा “डुईङ बिजनेश विथ फिनल्याण्ड” विषयक गोष्ठीमा उनले मुलुकमा हाल आर्थिक विकासको गतिका लागि “सुखी नेपाल, समृद्ध नेपाली” को नारा सार्थक बनाउन सरकारी र निजी क्षेत्रको एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताए।

सन् २०३० सम्म मध्यम आय भएको विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन नेपालले फिनल्याण्डसँग व्यापार, लगानी, पर्यटन प्रवर्द्धनमा जोड दिएको उनले बताए। कार्यक्रममा फिन पार्टनरशीपका कार्यक्रम निर्देशक विग्रिट नेभ्लाले फिनपार्टनरशीप र फिनफण्डबाट उपलब्ध गराउन सकिने सुविधा सहुलियतका बारेमा विस्तृत गरे। उनले दीगो विकास, खाद्य सुरक्षा, सरकारी शिक्षा, सूचना प्रविधी लगायतका क्षेत्रमा सहयोग गर्नसक्ने बताए। नेपालमा पर्यटन प्रबद्र्धनको लागि समेत फिनल्याण्डबाट उल्लेख्य पर्यटक आउन सक्ने सम्भावना रहेको उनले बताए। ५५ करोड युरोको बास्केट फण्डबाट प्रक्रिया पुयाई नेपालका उद्योगी व्यवशायीहरुले फाइदा लिन सक्ने उनले बताए।

कार्यक्रममा चेम्बरका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले नेपाल र फिनल्याण्ड बीच व्यापार र लगानी ज्यादै न्यून रहेको बताउँदै कृषि, इलेक्ट्रोनिक्स, वनजन्य र पर्यटन प्रवद्र्धनमा उल्लेख्य वृद्धि गर्न सकिने बताए। व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका निर्देशक राजेन्द्र सिंहले नर्डिक मुलुकहरुमा पनि फिनल्याण्डसँग नेपालको निकासी बढाउने संभावनालाई मूर्त रुप दिन परम्परागत वस्तु भन्दा नयाँ वस्तु एवं सेवा निर्यातको पहिचान केन्द्रले गरिरहेको बताए।सन् २०१८ मा नेपालको फिनल्याण्डसँगको व्यापार घाटा १७ करोड ९० लाख अमेरिकी डलर बराबर रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।