logo

ईओएलले ल्यायो टिसीएल ब्रान्डको फोरके स्मार्ट टिभी 

    1987   पटक पढिएको


२४ कात्तिक/अर्थ र व्यापार– चौधरी ग्रुपअन्तर्गतको ईओएल प्रालिले नेपाली बजारमा टिसीएल ब्रान्डको फोरके स्मार्ट टिभी बिक्री सुरु गरेको छ । 

ईओएलले टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सरलगायत उपकरण बिक्री गर्दै आएको छ ।

कम्पनीले अघिल्लो ३ वर्षको तुलनामा नेपालमा टिसीएल एलइडी टिभीको माग ५० प्रतिशतले बढेको जनाएको छ। 
कम्पनीका अनुसार टिसीएस फोरके एन्ड्रोइड टिभीमा विश्वव्यापी तथा स्थानीय एप जडान गरिएको छ । कम्पनीले पी ७१५ र पी ६१५ मध्यम दायराका टिभी नेपालमा बिक्री सुरु गरेको हो ।

यी श्रेणीका टिभीमा रेजुलोसन स्क्रिनर सफ्टवेयर जडान गरिएको छ । आर्टिफिसियल इन्टिलिजेन्सद्वारा सञ्चालित हुने टिभीमा टाढाको आवाज पहिचान गर्न सक्ने सुविधा पनि छ । कोठा वरिपरिको आवाज सुन्न यसको रिमोर्ट बटन आवश्यक पर्दैन ।

भ्वाइस कमान्डयुक्त यी टिभी ७५ इन्चमा उपलब्ध छन् । टेलिभिजनमा हाइ डायनामाइक रेन्ज, ग्राहलाई एप तथा गेम इन्स्टलेसन सुविधा लिन गुगलप्ले सहयोग पु¥याउनेछ ।

भिडियो कलका लागि पपअप क्यामेरा, अडियो क्षमता बढाउन डल्बी साउन्डलगायतका सुविधा यी टिभीमा जडान गरिएको कम्पनीले बताएको छ ।

यस्तै, टिसीएल पी६१५ ४३ र ५० इन्चको स्क्रिनमा उपलब्ध छ । यी टिभीमा पनि स्पष्ट तस्बिर, फराकिलो दायरा, भ्वाइस कमाण्डबाट टिभी कन्ट्रोल गर्न सकिने, अप्टिमल कन्ट्रास्टलगायतका सुविधा छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।