logo

बुढीगण्डकी विकास प्राधिकरण गठन गर्न पूर्वप्रम भट्टराईको प्रस्ताव

    2912   पटक पढिएको

१३ मंसिर / अर्थ र व्यापार- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजना सरकारी लगानीमै बनाउन तत्काल अधिकारसम्पन्न प्राधिकरण गठन गर्नुपर्ने माग गरेका छन् । बिहीबार उर्जा मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा उनले बुढीगण्डकीलाई बहुउद्देश्यीय आयोजनाका रुपमा अघि बढाउनुपर्ने बताए ।

“बुढीगण्डकी आयोजनालाई विजुली, पानी, पर्यटन लगायत क्षेत्र समेटेर बहुउद्देश्यीय रुपमा अघि बढाउनुपर्छ, त्यसका लागि तत्काल बुढीगण्डकी उपत्यका विकास प्राधिकरण गठन गर्नुपर्छ”– डा. भट्टराईले भने । उनले अहिले चर्चामा भएजस्तो चिनियाँ कम्पनीलाई ईपीसीएफ मोडलमा दिनु उपयुक्त नहुने भन्दैे सहुलियतपूर्ण ऋण खोजेर सरकारी लगानीमा नै बनाउनुपर्नेमा जोड दिए । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र टेण्डर डकुमेन्ट समेत तयार भइसकेकाले अब इन्जिनियरिङको काम गरिराख्न आवश्यक नभएको उनको भनाइ छ । राज्यले पहल गरेमा १ प्रतिशत भन्दा पनि कम दरमा सहुलियतपूर्ण ऋण पाइने उनले दावी गरे ।

कार्यक्रममा उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनले बुढीगण्डकी आयोजना निर्माण कुन मोडलमा बनाउने भन्ने टुंगो लागिनसकेको बताए । सरकारले वार्षिक रुपमा बजेट छुट्याएर बनाउने वा मुआब्जा पुर्नबास, पुर्नस्थापनाका काम सरकारले गरी बाँकी काम ऋण लिएर गर्ने भन्ने विषयमा निर्णय लिन बाँकी रहेको उनको भनाइ छ ।

बुढीगण्डकी आयोजना निर्माण गर्दा प्रतियुनिट विजुली १८ देखि २० रुपैयाँ पर्ने भन्दै उनले निजी क्षेत्रले बनाउन नसक्ने बताए । तर उर्जामन्त्री पुनले सरकारले त्यस्तो गर्न नसक्ने बताए । “एक खर्ब अनुदान दिएर नाफायोग्य बनाउन सरकारले सक्दैन, दुई पटक कल गर्दा पनि अन्तर्राष्ट्रिय निजी क्षेत्र आएन,अब सरकारसँग दुई विकल्प छन, एक हरेक वर्ष बजेट छुट्याएर आयोजना बनाउने, दोस्रो ऋण लिने”–मन्त्री पुनले भने ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।