१४ माघ/ अर्थ र व्यापार - डिश मिडिया नेटवर्कले ग्राहकको वर्गीकरण गर्दै नयाँ प्याकेज घोषणा गरेको छ । नयाँ कनेक्सन जडान गर्ने ग्राहकका लागि सस्तो स्किम ल्याएको छ । बाबाआमा, गृहिणी र वच्चाहरुका लागि बेसिक प्याकेज ल्याएको छ । यसको मासिक शुल्क २५० रुपैयाँ पर्ने छ । खेलकुद प्रेमिहरुका लागि लक्षित खेलकुदको सम्पुर्ण एचडी च्यानलहरु समावेश भएको मिडियम प्याकेजक पनि ल्याएको छ । यसको शुल्क ३ सय रुपैयाँ पर्ने छ ।
सम्पुर्ण एसडी र एचडी च्यानलहरु भएको सुपर एचडि प्याकेज ३५० रुपैयाँ र सम्पुर्ण एचडी तथा एसडी च्यानलहरु भएको प्रिमियम एचडि प्याकेज ४०० रुपैयाँ प्रति महिनामा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
माघ १० गतेवाट नयाँ एक्टिभेसनमा यो योजना लागु हुने छ । यसअघिका पुराना ग्राहकले वार्षिक रिचार्ज गराएमा मात्र यो सुविधा पाउने छन् । डिशहोम १६ लाखभन्दा वढी परिवारहरुले प्रयोग गरिरहेको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ । यसमा रमाईलो टिभि, एक्सन स्पोर्टस, प्लस मुभिजस्ता आफ्नै च्यानलहरु पनि उपलब्ध छन् ।
तपाईको प्रतिक्रिया