logo

डिसहोमको कम्बो प्याकेज अफर, १६ हजार रुपैयाँमा इन्टरनेटसँगै सिम टिभी 

    1760   पटक पढिएको


२० कात्तिक/अर्थ र व्यापार– गत माघमा आएसपीको लाइसेन्स पाएको डिसहोमले अब फाइबर नेटसँगै सिम टिभी सेवा पनि दिने भएको छ । 

कम्बो प्याकेज अफर अन्तर्गत २५ र ४० एमबीपीएस ब्यान्डविथ प्याकेजमा उपभोक्ताहरुले इन्टरनेटका साथै सिम टिभीको केबल टेलिभिजन पाउनेछन् ।

यसअघि इन्टरनेट सेवा मात्रै दिइरहेको डिसहोमले आफ्नो स्वामित्वमा रहेको सिम टिभीमार्फत् केबल टेलिभिजन सेवा दिने जनाएको हो ।

उपभोक्ताहरुलाई कम्पनीले प्रमोसनल अफर अन्तर्गत वार्षिक भ्याटबाहेक १५ हजार नौ सय ९९ रुपैयाँमा २५ एमबीपीएसको फाइबरनेटसँगै सिम टिभी जडान गर्न सक्ने कम्पनीले जनाएको छ । 

यस्तै, ४० एमबीपीएस फाइबर नेट र सिम टिभीको वार्षिक शुल्क २० हजार चार सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

यो मूल्यमा सब्क्रिप्सन शुल्क, जडान शुल्क (एक पटक) समावेश गरिएको छ । भने फाइबर नेट जडान गर्दा थप पाँच सय रुपैयाँ सेक्युरिटी डिपोजिट बुझाउनु पर्ने कम्पनीले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।