logo

बिक्रीमा कमि आउँदा कोकाकोलाको नाफामा गिरावट

    1535   पटक पढिएको

२९ बैशाख /अर्थ र व्यापार - कोकाकोलाको बिक्रीमा कमि आउँदा फाइदा घटेको छ । गत बर्षको तुलनामा गर्मि ढिला सुरु हुदाँ कोकाकोलाको नाफामा गिरावट आएको हो । बोटलर्स नेपाल तराइको नाफा ६.६८ प्रतिशतले घटेको छ भने बोटलर्स नेपाल बालाजुको नाफा १.८२ प्रतिशतले घटेको छ । तराइले नौ महिनाको अवधिमा १९ करोड ३६ लाख रुपैयाँ नाफा गरेको छ भने बालाजुको २७ करोड ६३ लाख रुपैयाँ छ । 

गत वर्षको यहि अवधिमा तराइको नाफा ३२ करोड ३० लाख रुपैयाँ थियो भने बालाजुको ४० करोड ७२ लाख रुपैयाँ थियो । बिक्री घटेसँगै प्रशासनिकसँगै अन्य खर्च पनि बढेकाले कम्पनीको नाफामा प्रभाव पारेको हो ।  तीन महिनाको अवधि पुसदेखि चैतमा तराइको आम्दानी ८९ प्रतिशतले गिरावट आएको हो । तीन महिनाको अवधिमा कम्पनीले ८४ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेको थियो । बालाजुले पनि पुसदेखि चैतको तीन महिनाको अवधिमा ७.४४ प्रतिशतले आम्दानी घटाएको छ । कम्पनीले तीन महिनाको अवधिमा एक अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा दुई अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको छ । साथै नौ महिनाको अवधिमा भने ५ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा ५ अर्ब ८६ करोड रुपैयाँ आम्दानी गरेको थियो । 

तराइको प्रति शेयर आम्दानी १४३ रुपैयाँले घटेर २१३ रुपैयाँ कायम भएको छ भने बालाजुको ८२ रुपैयाँले घटेर १७७ रुपैयाँ कायम भएको छ । तराइको चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ छ भने जगेडा कोषमा दुई अर्ब रुपैयाँ जम्मा भएको छ । त्यस्तै बालाजुको चुक्ता पूँजी १९ करोड ४८ लाख रुपैयाँ छ भने जगेडा कोषमा तीन अर्ब ३२ करोड रुपैयाँ जम्मा भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।