logo

सिमेन्टको विक्रीमा मन्दी, विक्रेतालाई  अफरै अफर

    2063   पटक पढिएको

८पुस /अर्थ र व्यापार - ‘मारुती’ सिमेन्ट १२ बोरा विक्री गरे १ बोरा फ्री । ‘सप्तकोशी’ सिमेन्टको टार्गेट पुर्याए पाँच दिने थाईल्यान्ड भ्रमण । ‘बन्धन’ सिमेन्ट एक ट्रक विक्री गर्दा २–२ थान ब्ल्याङ्केट र हिटर सित्तैँमा ।

निर्माण क्षेत्रको बजारमा सिमेन्टको विक्रीमा मन्दी आएपछि सिमेन्टको मूल्य त घटेकै छ, विक्रेतालाई विभिन्न प्रकारका अफर पनि आइरहेका छन् । उद्योग सङ्गठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाका अनुसार यति बेला सरकारी खर्च तीव्र गतिले भएर विकास निर्माणका कामहरू धमाधम हुनुपर्ने हो तर स्थिति ठिक उल्टो छ । त्यसैले सिमेन्टको विक्रीमा मन्दी आएको हो ।
सप्तकोशी सिमेन्टका आशिष गोयलले अहिलेको बेला सधैँ मन्दी चल्ने भए पनि यस वर्षको विक्रीमा पहिलेका वर्षमा भन्दा ह्रास आएको बताए ।

गोयलका अनुसार विगतका वर्षमा असोजदेखि माघ महिनासम्म विक्रीमा बढीमा १५ प्रतिशतले ह्रास आउँथ्यो तर यस वर्ष २५ देखि ३० भन्दा बढी प्रतिशतले गिरावट छ । मारुती सिमेन्टका सञ्चालक नन्दकिशोर राठीले आफूले कारखाना मूल्य ८ सय ९० राखेर विक्री गरिरहेको सिमेन्टको मूल्य अहिले ८ सय ३० बनाएको जानकारी दिए ।उद्योगी राठीका अनुसार भारतमा क्लिङ्कर र कोइला दुबैमा मूल्य घटेको छैन तर नेपालको सिमेन्टको मूल्यमा भने प्रति दिन ह्रास आइरहेको छ । त्यसैले यसलाई राष्ट्रिय मन्दी नै मान्नु पर्छ ।

सिमेन्टको आवश्यकताभन्दा बढी उत्पादन भएको र सरकारी खर्च नभएका कारण मूल्यमा ह्रास आएको सर्वश्री अन्नपूर्ण सिमेन्टका राजेन्द्र राउतको भनाइ थियो । आफूले कारखाना मूल्य प्रति बोरा ८ सय ७५ मा विक्री गरिरहेको सिमेन्टको मूल्य अहिले ८ सय ५० कायम गरेको उल्लेख गर्दै उद्यमी राउतले यही स्थिति अझै ६ महिना भएमा सिमेन्ट उद्योगीको लगानी सङ्कटमा पर्ने दाबी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।