logo

सिमेन्टको विक्रीमा मन्दी, विक्रेतालाई  अफरै अफर

    2323   पटक पढिएको

८पुस /अर्थ र व्यापार - ‘मारुती’ सिमेन्ट १२ बोरा विक्री गरे १ बोरा फ्री । ‘सप्तकोशी’ सिमेन्टको टार्गेट पुर्याए पाँच दिने थाईल्यान्ड भ्रमण । ‘बन्धन’ सिमेन्ट एक ट्रक विक्री गर्दा २–२ थान ब्ल्याङ्केट र हिटर सित्तैँमा ।

निर्माण क्षेत्रको बजारमा सिमेन्टको विक्रीमा मन्दी आएपछि सिमेन्टको मूल्य त घटेकै छ, विक्रेतालाई विभिन्न प्रकारका अफर पनि आइरहेका छन् । उद्योग सङ्गठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाका अनुसार यति बेला सरकारी खर्च तीव्र गतिले भएर विकास निर्माणका कामहरू धमाधम हुनुपर्ने हो तर स्थिति ठिक उल्टो छ । त्यसैले सिमेन्टको विक्रीमा मन्दी आएको हो ।
सप्तकोशी सिमेन्टका आशिष गोयलले अहिलेको बेला सधैँ मन्दी चल्ने भए पनि यस वर्षको विक्रीमा पहिलेका वर्षमा भन्दा ह्रास आएको बताए ।

गोयलका अनुसार विगतका वर्षमा असोजदेखि माघ महिनासम्म विक्रीमा बढीमा १५ प्रतिशतले ह्रास आउँथ्यो तर यस वर्ष २५ देखि ३० भन्दा बढी प्रतिशतले गिरावट छ । मारुती सिमेन्टका सञ्चालक नन्दकिशोर राठीले आफूले कारखाना मूल्य ८ सय ९० राखेर विक्री गरिरहेको सिमेन्टको मूल्य अहिले ८ सय ३० बनाएको जानकारी दिए ।उद्योगी राठीका अनुसार भारतमा क्लिङ्कर र कोइला दुबैमा मूल्य घटेको छैन तर नेपालको सिमेन्टको मूल्यमा भने प्रति दिन ह्रास आइरहेको छ । त्यसैले यसलाई राष्ट्रिय मन्दी नै मान्नु पर्छ ।

सिमेन्टको आवश्यकताभन्दा बढी उत्पादन भएको र सरकारी खर्च नभएका कारण मूल्यमा ह्रास आएको सर्वश्री अन्नपूर्ण सिमेन्टका राजेन्द्र राउतको भनाइ थियो । आफूले कारखाना मूल्य प्रति बोरा ८ सय ७५ मा विक्री गरिरहेको सिमेन्टको मूल्य अहिले ८ सय ५० कायम गरेको उल्लेख गर्दै उद्यमी राउतले यही स्थिति अझै ६ महिना भएमा सिमेन्ट उद्योगीको लगानी सङ्कटमा पर्ने दाबी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।