२१ जेठ / अर्थ र व्यापार- चीनबाट आएको ‘इन्डक्सन चुल्हो’ मूल्य घटाएपछि सजिलै बिक्री भएको छ । अब चुल्हो किन्न चाहानेले पनि पाउन नसकिने अवस्था नै आएको छ । मंगलबारबाट बिक्री सुरु भएको चिनियाँ चुल्हो ४ दिनमै ११ सय वटा बिकेको हो । शुक्रबार चुल्हो किन्न सर्वसाधारणको नेशनल ट्रेडिङ लिमिटेडको उपत्यका बिक्री वितरण व्यवस्था कार्यालयमा ठूलो भीड लागेको थियो । अब २ सय चुल्हो मात्रै बेच्न बाँकी रहेको छ ।
यसअघि १२ हजार रुपैयाँ कायम गरिएको इन्डक्सन भोलिबाट घटाएर ४ हजार रुपैयाँमा बेचिँदैछ । आज नै चुल्हो बेचेर सकिने अनुमान छ । अहिले चीनबाट पहिलो चरणमा आएका १३ सय इन्डक्सन बिक्री गरिएको हो । चीनबाट नेपाल आएका अरु १० हजार इन्डक्सन कुन मूल्यमा बेच्ने भन्ने अन्योल अझै कायमै छ ।
नाकाबन्दीपछि अनुदानमा चीनबाट १० हजार इन्डक्सन चुल्हो भित्रिएको १४ महिना बित्यो । नाकाबन्दीका बेलामा पहिलो चरणमा चीनबाट आएको १३ सय इन्डक्सनको मूल्य अस्वभाविक रुपमा १२ हजार रुपैयाँ कायम गरिएको थियो । विक्रीमा राखिएका ती इन्डक्सन बिक्री नभएपछि दोस्रो चरणमा ल्याइएका १० हजार इन्डक्सन पनि भन्सार पास नगरी थन्काइएको छ ।
चीनले ५ मिलियन अर्थात ५० लाख आरएमबीमा दोस्रो चरणमा १० हजार चुल्हो दिएको थियो । सरकारले चीनले नियमित अनुदान कटौति हुने गरी इन्डक्सन सहयोग गरेपछि त्यति बराबरकै रकम फिर्ता हुने गरी इन्डक्सनको उच्च मूल्य तोकेको थियो । सरकारले चीनको इन्डक्सन बेचेर त्यसैबाट अनुदान कटौति भए बराबरकै रकम नागरिकसँग असुल गर्न खोजेको थियो । त्यसैअनुसार मूल्य काम गर्दा इन्डक्सनको मूल्य १२ हजार रुपैयाँ पुगेको थियो ।
तपाईको प्रतिक्रिया