logo

अग्नि ग्रुपको क्षेत्रीय कार्यालय इटहरीमा

    1818   पटक पढिएको

२ साउन / अर्थ र व्यापार – महिन्द्रा कम्पनीका अटोमोबाईल्स बिक्री गर्दै आएको अग्नि ग्रुप इनकर्पाेरेटेड प्रा.लिले इटहरीमा आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ । पूर्वमा बढ्दै गएको अटोमोबाईल्सको व्यापारलाई लक्षित गर्दै अग्नि ग्रुपले १ नम्बर प्रदेशलाई मध्यनजर गर्दै क्षेत्रीय कार्यलय स्थापना गरेको हो । क्षेत्रीय कार्यालयसँगै बाईक र स्कुटीको सोरुम र सर्भिस सेन्टर पनि स्थापना गरिएको छ ।

क्षेत्रीय शाखा कार्यलयको अग्नि ग्रुपका अध्यक्ष अर्जुन प्रसाद शर्माले उद्घाटन गरेका छन् । शर्माले क्षेत्रीय कार्यालयको भवन, सोरुम र सर्भिस सेन्टरको छुट्टाछुटै उद्घाटन गरेका हुन् । पूर्वका ग्राहकलाई लक्षित गर्दै अटोमोबाईल्सको विक्रीसँगै सर्भिसमा पनि बढी ध्यान दिइने कम्पनिको योजना अनुरुप कार्यालय स्थापना गरिएको हो । 

पूर्वमा धेरै डिलरहरु भएपनि क्षेत्रीय कार्यालय नभएको अवस्थामा व्यापारको थप प्रर्वधन गर्न कार्यलय स्थापना गरिएको हो । इटहरीको कार्यलयबाट टुह्विलरसमा मोटरसाईकल, स्कुटर यस्तै फोर ह्विलरस्का ट्याक्टर लगायत अन्य सवारीको विक्री गर्नुका साथै सबै खाले सर्भिस पनि दिनेछ । सवारीका स्पेयर पार्ट्स पनि सर्वसुलभ मुल्यका उपलब्ध गराउने छ ।

अग्नि ग्रुपका देशभर ६ वटा क्षेत्रीय कार्यलयहरु, ५४ वटा डिलर रहेको छ । महिन्द्रा कम्पनीका सबै सवारी साधनको पार्टस र सर्भिस सेन्टरको अभावले सेवाग्राहीमा मार पदैं आएको थियो । अब कार्यालय स्थापना भएसगै एक नम्बर प्रदेश भित्रका सेवाग्राहीलाई सहज हुने अग्नि ग्रुप इनकर्पाेरेटेड प्रा.लिले विश्वास लिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।