logo

अग्नि ग्रुपको क्षेत्रीय कार्यालय इटहरीमा

    2264   पटक पढिएको

२ साउन / अर्थ र व्यापार – महिन्द्रा कम्पनीका अटोमोबाईल्स बिक्री गर्दै आएको अग्नि ग्रुप इनकर्पाेरेटेड प्रा.लिले इटहरीमा आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ । पूर्वमा बढ्दै गएको अटोमोबाईल्सको व्यापारलाई लक्षित गर्दै अग्नि ग्रुपले १ नम्बर प्रदेशलाई मध्यनजर गर्दै क्षेत्रीय कार्यलय स्थापना गरेको हो । क्षेत्रीय कार्यालयसँगै बाईक र स्कुटीको सोरुम र सर्भिस सेन्टर पनि स्थापना गरिएको छ ।

क्षेत्रीय शाखा कार्यलयको अग्नि ग्रुपका अध्यक्ष अर्जुन प्रसाद शर्माले उद्घाटन गरेका छन् । शर्माले क्षेत्रीय कार्यालयको भवन, सोरुम र सर्भिस सेन्टरको छुट्टाछुटै उद्घाटन गरेका हुन् । पूर्वका ग्राहकलाई लक्षित गर्दै अटोमोबाईल्सको विक्रीसँगै सर्भिसमा पनि बढी ध्यान दिइने कम्पनिको योजना अनुरुप कार्यालय स्थापना गरिएको हो । 

पूर्वमा धेरै डिलरहरु भएपनि क्षेत्रीय कार्यालय नभएको अवस्थामा व्यापारको थप प्रर्वधन गर्न कार्यलय स्थापना गरिएको हो । इटहरीको कार्यलयबाट टुह्विलरसमा मोटरसाईकल, स्कुटर यस्तै फोर ह्विलरस्का ट्याक्टर लगायत अन्य सवारीको विक्री गर्नुका साथै सबै खाले सर्भिस पनि दिनेछ । सवारीका स्पेयर पार्ट्स पनि सर्वसुलभ मुल्यका उपलब्ध गराउने छ ।

अग्नि ग्रुपका देशभर ६ वटा क्षेत्रीय कार्यलयहरु, ५४ वटा डिलर रहेको छ । महिन्द्रा कम्पनीका सबै सवारी साधनको पार्टस र सर्भिस सेन्टरको अभावले सेवाग्राहीमा मार पदैं आएको थियो । अब कार्यालय स्थापना भएसगै एक नम्बर प्रदेश भित्रका सेवाग्राहीलाई सहज हुने अग्नि ग्रुप इनकर्पाेरेटेड प्रा.लिले विश्वास लिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।