२० कात्तिक/अर्थ र व्यापार– यस वर्षको तिहार र छठलाई लक्षित गर्दै १८ करोड मूल्य बराबरको झिलीमिली बत्ती आयात भएको छ ।
गत वर्ष ४० करोड रुपैयाँ बराबरको झिलीमिली बत्ती आयात गरेकोमा १८ करोडको झिलीमिली बत्ती आयात भएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ ।
नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शनप्रसाद पौडेलले यो वर्ष कोरोना महामारीका कारण समग्र व्यापार करिब ६० प्रतिशतले घटेको बताए । पौडेलले झिलीमिली बत्तीको व्यापार ३५ देखि ४० प्रतिशतमा खुम्चिएको जानकारी दिए ।
नेपालमा झिलीमिली बत्तीको आयात ब ८५ प्रतिशत चीन र बाँकी १५ प्रतिशत बत्ती भारतबाट आयात हुने गरेको छ।
नेपाल विद्युतीय व्यवसायी महासंघमा ३ हजार ५ सय व्यवसायी आबद्ध छन् ।
तपाईको प्रतिक्रिया