logo

चेम्बर र चिकित्सक संघको सहकार्यमा टेलिमेडिसिन सेन्टर सञ्चालनमा

    1003   पटक पढिएको

१७ जेठ / अर्थ र व्यापार- नेपाल चेम्बर अफ कमर्स र नेपाल चिकित्सक संघको सहकार्यमा टेलिमेडिसिन सेन्टर सञ्चालनमा आएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र संघका अध्यक्ष डा.लोचन कार्कीले संयुक्त रुपमा टेलिमेडिसिन सेन्टरको शुभारम्भ गरे । कोभिड–१९ बाट देश विदेशमा प्रभावित भएका व्यक्तिहरुले टेलिमेडिसिनबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने र यो कार्यले महामारी नियन्त्रणमा सहयोग पुग्ने विश्वास चेम्बर अध्यक्ष मल्लले व्यक्त गरे ।

चेम्बरले कोभिड व्यवस्थापन समिति गठन गरेर विभिन्न सरकारी अस्पतालहरुलाई स्वास्थ्य सामाग्री तथा उपकरणहरु गर्दै आएको समेत मल्लले वताए । सेन्टर सञ्चालनका लागि साल्ट ट्रेडिङ कर्पोरेसन तथा इश्वरलाल प्रतिष्ठानले पनि सह–प्रायोजन गरेका छन । टेलिमेडिसिन सेन्टरबाट सेवा लिन इच्छुक व्यक्तिहरुले “मेरो डाक्टर” मोबाइल एप डाउनलोड गरी सेवा लिन सक्ने चेम्बरले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।