logo

एक वर्षमै बीमा कम्पनीको विजनेश २४ % ले बढ्यो

    1520   पटक पढिएको

११ साउन / अर्थ र व्यापार – बीमा कम्पनीहरुले एक बर्षमा २४ प्रतिशतले आफ्नो व्यवसाय बढाएका छन् । जीवन तथा निर्जीवन बीमाहरुले गत आर्थिक वर्ष २०७३/७४ मा ५८ अर्ब ६७ करोड रुपैयाँको विजनेस गरेका छन् ।

जीवन बीमा कम्पनीले २० प्रतिशतले आफ्नो व्यावसाय बढाएका छन् । जसमा ४ प्रतिशत हिस्सा बैदेशिक रोजगारीमा जानेहरुले गर्ने म्यादी जीवन बीमा रहेको छ । जीवन बीमा कम्पनीले गत आर्थिक बर्षमा ३८ अर्ब ४० करोड रुपैयाँको विजनेस गरेका हुन् । अघिल्लो आर्थिक वर्षमा यी कम्पनीले ३१ अर्ब ९७ करोड रुपैयाँको व्यवसाय गरेका थिए ।

जीवन बीमा कम्पनीहरुको पहिलो प्रिमियम भने ११ प्रतिशतले बढेको हो । कम्पनीहरुले गत आर्थिक वर्षमा १० अर्ब ५६ करोड रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । बैदेशिक रोजगारी म्यादी जीवन बीमा बापत कम्पनीहरुले गत आर्थिक बर्षमा दुई अर्ब ५७ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका छन् । अघिल्लो वर्ष यस्तो आम्दानी एक अर्ब ८२ करोड रुपैयाँ थियो ।

जीवन बीमा कम्पनीहरुले बीमा लेख नविकरण बापत २५ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेका छन् । कम्पनीहरुले अघिल्लो बर्ष यस्तो प्रमियम २० अर्ब ६३ करोड रुपैयाँ आर्जन गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत आर्थिक वर्षमा २० अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष निर्जीवन बीमा कम्पनीले १५ अर्ब ७५ करोड रुपैयाँको व्यवसाय गरेका थिए । निर्जीवन बीमा कम्पनी तर्फ शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षमा सबैभन्दा धेरै दुई अर्ब ७७ करोड रुपैयाँ खुद प्रिमियम आर्जन गरेको छ ।

निर्जीवन बीमा कम्पनी मध्ये सबैभन्दा तीब्र व्यवसाय विस्तार गर्नेमा एनबी इन्स्योरेन्स रहेको छ । लामो समय ‘सिक’ अवस्थामा रहेको कम्पनी अघिल्लो बर्ष आइएमई समूहले ‘टेकओभर’ गरेसँगै सुधार भएको हो । कम्पनीले गत वर्ष ६९ करोड ४७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो । अघिल्लो वर्ष एनबीले ३५ करोड रुपैयाँको व्यवसाय गरेको थियो ।
    

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।