logo

बोटलर्स नेपाल तराईद्वारा कोक उत्पादनमा अत्याधुनिक प्रविधि प्रयोगमा ल्याइदैं

    1399   पटक पढिएको

२४ माघ /अर्थ र व्यापार  - कोकाकोलाको उत्पादक बोटलर्स नेपाल तराईले कोक उत्पादनमा अत्याधुनिक प्रविधि प्रयोगमा ल्याउने भएको छ । अहिले प्रयोगमा रहेको पेट बोटलको तुलनामा हलुका तौल, लामो समयसम्म टिकाउ रहने र पेय पदार्थको उपभोग्य आयु समेत तेब्बर लामो बनाउने पेट बोटल बोटलिङ प्रविधीको प्रयोग गर्न लागिएको हो । 

अहिले प्रयोगमा रहेको पेट बोटलमा पेय पदार्थको उपभोग्य अवधी जम्मा ७५ दिन रहेकोमा नयाँ प्रविधिको बोटलिङले नौ महिनासम्म सुरक्षित राख्न सकिने प्राविधिकले जानकारी दिएका छन् । बोटलको बाहिरी सतह प्लाष्टिक र भित्री सतह शिशा (सिलिकन अक्साइड) को प्रयोग गरेर बनाइएको हुन्छ । बियर, मदिरा, जुस,चीसो पेय, पानीको बोटलिङको लागि विश्वमै सर्वा्धिक लोकप्रिय कम्पनी केएचएस जर्मनीसँगको सहकार्यमा कोकाकोलाले हलुका तौल र टिकाउपन भएको पेट बोतल विकसित गरेको हो ।

यो बोटलको भित्री तह (इनर लेयर) सिलिकन अक्साइडबाट बनाइएको हुन्छ । सिलिकनबाट बनाइएकोले प्लाष्टिकको बोटलको तुलनामा हलुका र बढी पारदर्शी समेत छ । सिलिकनले बोटलभित्र रहेको पेय पदार्थलाई बाहिरी वातावरणबाट सामान्य बोटलको तुलनामा लामो समयसम्म सुरक्षित पनि राख्ने केएचएसको वेभसाइटमा उल्लेख छ । यो बोटललाई पुनर्प्रयोग (रिसाइक्लिङ) गर्न सकिन्छ । यो कम्पनीले उत्पादन क्षमता बिस्तार गर्न चितवनको भरतपुरस्थित उद्योगमा प्रतिमिनेट ७६६ बोतल उत्पादन क्षमताको ‘बोइङ ७६६’  प्लान्ट जडान गरिरहेको छ ।

आगामी चैतसम्ममा नयाँ प्लान्टबाट उत्पादन शुरु गर्ने लक्ष्य रहेको छ । नयाँ प्लान्टको लागि बोटलर्सले स्टान्डर्ड चार्टर्ड बैंकबाट २ अर्ब ८५ करोड रुपैयाँ आवधिक ऋण लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।