logo

बोटलर्स नेपाल तराईद्वारा कोक उत्पादनमा अत्याधुनिक प्रविधि प्रयोगमा ल्याइदैं

    1748   पटक पढिएको

२४ माघ /अर्थ र व्यापार  - कोकाकोलाको उत्पादक बोटलर्स नेपाल तराईले कोक उत्पादनमा अत्याधुनिक प्रविधि प्रयोगमा ल्याउने भएको छ । अहिले प्रयोगमा रहेको पेट बोटलको तुलनामा हलुका तौल, लामो समयसम्म टिकाउ रहने र पेय पदार्थको उपभोग्य आयु समेत तेब्बर लामो बनाउने पेट बोटल बोटलिङ प्रविधीको प्रयोग गर्न लागिएको हो । 

अहिले प्रयोगमा रहेको पेट बोटलमा पेय पदार्थको उपभोग्य अवधी जम्मा ७५ दिन रहेकोमा नयाँ प्रविधिको बोटलिङले नौ महिनासम्म सुरक्षित राख्न सकिने प्राविधिकले जानकारी दिएका छन् । बोटलको बाहिरी सतह प्लाष्टिक र भित्री सतह शिशा (सिलिकन अक्साइड) को प्रयोग गरेर बनाइएको हुन्छ । बियर, मदिरा, जुस,चीसो पेय, पानीको बोटलिङको लागि विश्वमै सर्वा्धिक लोकप्रिय कम्पनी केएचएस जर्मनीसँगको सहकार्यमा कोकाकोलाले हलुका तौल र टिकाउपन भएको पेट बोतल विकसित गरेको हो ।

यो बोटलको भित्री तह (इनर लेयर) सिलिकन अक्साइडबाट बनाइएको हुन्छ । सिलिकनबाट बनाइएकोले प्लाष्टिकको बोटलको तुलनामा हलुका र बढी पारदर्शी समेत छ । सिलिकनले बोटलभित्र रहेको पेय पदार्थलाई बाहिरी वातावरणबाट सामान्य बोटलको तुलनामा लामो समयसम्म सुरक्षित पनि राख्ने केएचएसको वेभसाइटमा उल्लेख छ । यो बोटललाई पुनर्प्रयोग (रिसाइक्लिङ) गर्न सकिन्छ । यो कम्पनीले उत्पादन क्षमता बिस्तार गर्न चितवनको भरतपुरस्थित उद्योगमा प्रतिमिनेट ७६६ बोतल उत्पादन क्षमताको ‘बोइङ ७६६’  प्लान्ट जडान गरिरहेको छ ।

आगामी चैतसम्ममा नयाँ प्लान्टबाट उत्पादन शुरु गर्ने लक्ष्य रहेको छ । नयाँ प्लान्टको लागि बोटलर्सले स्टान्डर्ड चार्टर्ड बैंकबाट २ अर्ब ८५ करोड रुपैयाँ आवधिक ऋण लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।