logo

वीरगञ्ज भन्सारले कात्तिकमा लक्ष्य भन्दा ३२ प्रतिशत बढी राजस्व उठायो

    3331   पटक पढिएको


७ मंसिर/अर्थ र व्यापार– वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष २०७७/७८ को कात्तिक महीनामा तोकिएको राजस्वको लक्ष्य पूरा गरेको छ।

भन्सारले कात्तिक महीनाका लागि साढे १० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य पाएकोमा उक्त लक्ष्य पुरा गरेको हो।

वीरगञ्ज भन्सार अधिकृत रमेश सुकमनीले बन्दाबन्दी र निषेधाज्ञा हटेपछि आयातनिर्यातमा बृद्धी भएसँगै कात्तिक महीनामा १३ अर्ब ८९ करोड रुपैयाँ संकलन गरेको बताए ।

भन्सार अधिकृत सुकमनीले पेट्रोलियम र गाडीको आयात अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा ऋणात्मक भए पनि कात्तिकमा लक्ष्य भन्दा बढी राजस्व संकलन भएको बताए ।

अधिकृत सुकमनीले तयारी कपडा, भटमासको कच्चा तेल, एचआरसीटजस्ता वस्तुको आयात बढेको जानकारी दिए ।

चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिका लागि वीरगञ्ज भन्सारले लिएको राजस्व लक्ष्य भने पूरा भएको छैन ।

चालू आर्थिक वर्षको भदौ र असोजमा लक्ष्यअनुसार राजस्व नउठ्दा भन्सारको चौमासिक प्रगतिमा नकारात्मक प्रभाव परेको भन्सारले बताएको छ । साउनदेखि असोजसम्म लक्ष्यको ८४ प्रतिशत मात्र राजस्व संकलन भएको भन्सारको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्षको पहिलो महीनामा भने भन्सारले लक्ष्यभन्दा करीब २२ प्रतिशत बढी राजस्व उठेको भन्सारको तथ्यांकमा उल्लेख छ ।

यो ४ महीनामा वीरगञ्ज भन्सारले ४५ अर्ब ८३ करोड रुपैयाँको लक्ष्य पाएको थियो । यो अवधिमा ४३ अर्ब ६७ करोड रुपैयाँ संकलन भएको छ । यो रकम लक्ष्यको ९५ प्रतिशत हो ।

चालू वर्षको समीक्षा अवधिका लागि राजस्व लक्ष्य नै ६ अर्ब रुपैयाँले घटाइएको छ । गत आर्थिक वर्षको समीक्षा अवधिमा वीरगञ्ज भन्सारले लक्ष्यको ९७ प्रतिशत राजस्व उठाएको थियो। 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।