logo

विजयाश्री समूहद्वारा स्टिल उद्योगको क्षमता विस्तार गर्न पौने ४ अर्ब ऋण लिने तयारी

    1868   पटक पढिएको

१४ चैत्र /अर्थ र व्यापार - विजयाश्री समूहले स्टिल उद्योगको क्षमता विस्तार गर्न पौने ४ अर्ब ऋण लिने तयारी गरेको छ । विभिन्न कारणले उद्योगको लागत बढेको र नेपालमा पूर्वाधार विकास शुरु भएकाले स्टिलको माग बढेको भन्दै बिजयाश्री स्टिलले बैंकबाट ऋण लिएर उद्योगको उत्पादन क्षमता बढाउन लागेको हो ।

उद्योगले बैंकबाट ऋण लिनका लागि आफ्नो रेटिङ गराएको छ । केयर नेपालले गरेको रेटिङ अनुसार बिजयश्री स्टिल उद्योगले दीर्घकालका लागि ५४ करोड २० लाख र अल्पकालका लागि ३ अर्ब २० करोड रुपैयाँ गरी कूल ३ अर्ब ७४ करोड २२ लाख रुपैयाँ ऋण लिन लागेको हो । चालू आर्थिक वर्षको मौद्रिक नीतमिार्फत् नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँभन्दा माथिको ऋणका लागि अनिवार्य रेटिङ गराउनु पर्ने व्यवस्था गरेको छ ।

बजारमा ठूलो क्षमताका अन्य स्टिल उद्योग आउन लागेपछि बिजयाश्रीले अरु उद्योगसँग प्रतिस्पर्धा गर्न आफ्नो क्षमता विस्तार गर्न लागेको हो । बिजयाश्री स्टिल उद्योगको अध्यक्ष विकास केडिया हुन् । यो उद्योगले टीएमटी छड उत्पादन गर्दै आएको छ । यो समूहले बिजया सिमेन्ट पनि उत्पादन गर्दै आएको छ । बिजया सिमेन्टका देशभर ४०० डिलर छन् ।
उद्योगसँग दैनिक ७ सय मेट्रिक टन रड उत्पादन गर्ने क्षमता छ । बैंकको अस्थिर ब्याजदर, कच्चापदार्थ तथा विदेशी मुद्राको अस्थिर भाउ र आन्तरिक बजारमा उत्पादकहरुबीच हुने तीब्र प्रतिस्पर्धा नै कम्पनीको चुनौति रहेको केयर नेपालले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।