logo

विजयाश्री समूहद्वारा स्टिल उद्योगको क्षमता विस्तार गर्न पौने ४ अर्ब ऋण लिने तयारी

    1583   पटक पढिएको

१४ चैत्र /अर्थ र व्यापार - विजयाश्री समूहले स्टिल उद्योगको क्षमता विस्तार गर्न पौने ४ अर्ब ऋण लिने तयारी गरेको छ । विभिन्न कारणले उद्योगको लागत बढेको र नेपालमा पूर्वाधार विकास शुरु भएकाले स्टिलको माग बढेको भन्दै बिजयाश्री स्टिलले बैंकबाट ऋण लिएर उद्योगको उत्पादन क्षमता बढाउन लागेको हो ।

उद्योगले बैंकबाट ऋण लिनका लागि आफ्नो रेटिङ गराएको छ । केयर नेपालले गरेको रेटिङ अनुसार बिजयश्री स्टिल उद्योगले दीर्घकालका लागि ५४ करोड २० लाख र अल्पकालका लागि ३ अर्ब २० करोड रुपैयाँ गरी कूल ३ अर्ब ७४ करोड २२ लाख रुपैयाँ ऋण लिन लागेको हो । चालू आर्थिक वर्षको मौद्रिक नीतमिार्फत् नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँभन्दा माथिको ऋणका लागि अनिवार्य रेटिङ गराउनु पर्ने व्यवस्था गरेको छ ।

बजारमा ठूलो क्षमताका अन्य स्टिल उद्योग आउन लागेपछि बिजयाश्रीले अरु उद्योगसँग प्रतिस्पर्धा गर्न आफ्नो क्षमता विस्तार गर्न लागेको हो । बिजयाश्री स्टिल उद्योगको अध्यक्ष विकास केडिया हुन् । यो उद्योगले टीएमटी छड उत्पादन गर्दै आएको छ । यो समूहले बिजया सिमेन्ट पनि उत्पादन गर्दै आएको छ । बिजया सिमेन्टका देशभर ४०० डिलर छन् ।
उद्योगसँग दैनिक ७ सय मेट्रिक टन रड उत्पादन गर्ने क्षमता छ । बैंकको अस्थिर ब्याजदर, कच्चापदार्थ तथा विदेशी मुद्राको अस्थिर भाउ र आन्तरिक बजारमा उत्पादकहरुबीच हुने तीब्र प्रतिस्पर्धा नै कम्पनीको चुनौति रहेको केयर नेपालले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।