logo

बिग मार्टको नयाँ स्टोर संचालनमा , ३३ बाट ४५ सम्म पु¥याउने लक्ष्य

    2338   पटक पढिएको

६ पुस/ अर्थ र व्यापार - त्रिवेणी समूह मूख्य प्रवद्र्धक रहेको दैनिक उपभोग्य किराना सामाग्रीको स्टोर संजाल बिग मार्टले राजधानीमा थप एक दर्जन नयाँ स्टोर संचालन गर्ने भएको छ ।  नक्सालको भाटभटेनी सुपरमार्केट नजिकै विशालनगर जाने मोडमा हालै बिग मार्ट स्टोर संचालनमा आएको छ । मेगा मार्ट प्रालि अन्तर्गत बिग मार्ट ब्राण्डमा अहिले काठमाडौं उपत्यकामा संचालित स्टोरको संख्या ३३ पुगेको छ । उपत्यकामा ४५ वटा स्टोर संचालनमा ल्याएर दोश्रो चरणमा राजधानी बाहिर संजाल बिस्तार गर्ने स्रोतले बतायो ।

बिग मार्टले उपत्यकाको तीनवटा शहरमध्ये सबैभन्दा बढी काठमाडौंमा स्टोर संजाल संचालन गरिरहेको छ । राजधानीमा एउटा स्टोरको संचालन गर्न पूर्वाधार निर्माणसहित सत्तरी लाखदेखि एक करोड रुपैयाँ भन्दा बढी लगानी आवश्यक हुन्छ । सन् २००९ जुलाईमा कमलपोखरीस्थित सिटी सेन्टरमा पहिलो बिग मार्ट स्टोर संचालनमा ल्याइएको थियो ।

बिग मार्ट स्टोरले एउटै छानोमुनी उपभोक्तालाई सबै खाले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँछ । यो स्टोरले उपभोक्तालाई रोजी(रोजी आफूलाई मनपर्ने ब्राण्डको दैनिक उपभोग्य सामाग्रीका साथै बिग मार्ट ब्राण्डकै खाधान्न साथै हरियो तरकारी फलफूल समेत किन्न पाउने सुविधा उपलब्ध गराएको छ । पछिल्लो समयमा बिग मार्ट व्यवस्थापनले फराकिलो, खुल्ला र पार्किङ सुविधा सहितको स्टोर संचालनलाई प्राथमिकता दिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।