logo

भक्तपुरका औषधि र किराना पसलमा अनुगमन

    1754   पटक पढिएको

१९ मंसिर/ अर्थ र व्यापार - भक्तपुरको विभिन्न औषधि पसलमा गरेको अनुगमनका क्रममा औषधि पसलले व्यापक लापरवाही गरेको पाइएको छ । भक्तपुर नगरपालिका, अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा भक्तपुर अस्पताल, मानव अङ्ग, क्यान्सर अस्पताल रहेको दूधपाटी क्षेत्रमा सञ्चालित १० वटा औषधि पसलमा गरिएको अनुगमनका क्रममा औषधि पसल सञ्चालकले मानवीय स्वास्थ्यमाथि खेलबाड गर्दै लापर्वहीरुपमा पसल सञ्चालन गरेको पाइएको हो ।

अनुगमनका क्रममा सिद्धपोखरी क्लिनिक, डोलेश्वर फर्मा, अल्फाज मेडिकल हल, भक्तपुर अस्पतालको बीमाको औषधि दिने पसलसमेत दर्ता नगरी सञ्चालन गरेको पाइएको छ । दूधपाटीस्थित बोय्जु फार्मेसीले सिद्धपोखरी क्लिनिक दर्ता नगरी सञ्चालन गरेको, क्लिनिकमा आउने डाक्टरको नामावली बोर्ड नराखी सञ्चालन गरेको, औषधि पसलमा अनुमति प्राप्त व्यक्ति नबसेको पाइएको अनुगमनमा सहभागी बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

त्यस्तै, प्राइम डेण्टल क्लिनिकमा औषधि पसलमा अनुमति प्राप्त व्यक्ति नबसेको, प्यान र भ्याटको बील प्रयोग नगरेको, उत्तम मेडिकल हलमा औषधि पसलमा अनुमतिप्राप्त व्यक्ति नबसेको, म्याद नाघेको औषधि राखेको, डोलेश्वर फर्माले गत वैशाख ३१ गते गरेको अनुगमनमा दर्ता नगरी सञ्चालन गरेको पाइएपछि तत्काल दर्ता गर्न निर्देशन दिएको निर्देशन अझैसम्म पालन नगरेको, एउटा नामको औषधिको बट्टामा अर्कै नामको औषधि राखेको पाइएको समितिले जनाएको छ । त्यस्तै, अल्फाज मेडिकल हललाई पनि गत वैशाख ३१ गतेको अनुगमनमा दर्ता गर्न सुझाव दिए पनि अटेर गरी सञ्चालन गरेको, भक्तपुर अस्पतालको बीमाको औषधि वितरण गर्ने पसलमा नगरपालिकामा दर्ता नगरेको, बीमाको सबै औषधि उपलब्ध नभएको पाइएको छ ।
अनुगमन टोलीले औषधि बिक्री गर्ने अनुमति प्राप्त व्यक्तिले मात्रै औषधि बिक्री गर्न, तत्काल पसल दर्ता गर्न, म्याद गुज्रेको औषधि पसलबाट तत्काल हटाउन र मानवीय स्वास्थ्यसँग खेलबाड नगर्न औषधि पसल सञ्चालकलाई निर्देशनसमेत दिएको छ ।

त्यसैगरी, दूधपाटी क्षेत्रमा सञ्चालित विभिन्न पसलको अनुगमन गर्दा कृष्णश्वरी प्रधानको स्टेशनरी पसल, अविश्वर अधिकारीको तन्दुरी पसल, रमेश मानन्धरको लक्ष्मी प्लाइउड, विना ध्वजूको किराना पसल, धर्मेन्द्र ठाकुरको सैलुन, सृष्टि न्याइच्याइको किराना, इन्द्रप्रसाद पोखरेलको चिया पसल र रवीन बाटीको दही पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको छ । यसैगरी, स्वस्तिरा जनरल स्टोरमा म्याद नाघेको सामान पीठो, गु्दपाक सात बट्टा, क्याडबरी कोका सात बट्टा, हर्लिक्स तीन पाकेट, बेसन तीन पाकेट, पापाया वास एक वटा र काजु एक पाकेट जफत गरेको जानकारी दिँदै प्रजापतिले पसलमा दर्ता प्रमाणपत्र राख्न, प्याकेजिङ सामानमा लेबल र मूल्यसूची राख्न निर्देशन दिएको बताए ।

त्यस्तै, कर्नर स्टोरमा म्याद नाघेको सामान बटर बिस्कुट पाँच पाकेट, सानो स्लाइस एक वटा र रियल बस्र्ट मिक्स फ्रट एक जफत गर्नुका साथै पसल नवीकरण गर्न, मूल्यसूची र दर्ता प्रमाणपत्र देखिने गरी राख्नपनि समितिले निर्देशन दिएको छ । दर्ता नवीकरण नगरी सञ्चालित जिके किराना स्टोरमा बिग्रेको सामान लेकर एक, बिटानिया एक, लेयज एक र चिजस्टि एक तथा तःपुखु सेन्टर किराना पसलमा म्याद नाघेको चाउमिन जफत गरी पसल दर्ता नवीकरण गर्न निर्देशन दिएको छ ।
अनुगमनमा दीपक स्टोरलाई पसल दर्ता नवीकरण गर्न, प्याकेजिङ सामानमा लेबल राख्न, मूल्यसूची राख्न निर्देशन दिनुका साथै न्यू नःपुखु मिनिस्टोरमा म्याद नाघेको सामान स्विट कर्न १३ बट्टा, ओरेञ्ज ट्याङ पाँच पाकेट, लेयज दुई पाकेट र जेरोज चिप एक पाकेट जफत गरी प्याकेजिङ सामानमा लेबल राख्न निर्देशन दिएको छ ।

अनुगमन टोलीमा समितिका सदस्य रोशनमैयाँ सुवाल, नगरपालिका स्यानिटेशका निरीक्षक दिलीपकुमार सुवाल, निरीक्षक रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, प्रहरी रामशरण तामाङ, जनस्वास्थ्यका जमुना काफ्ले, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, भक्तपुर उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको सहभागिता थियो ।


 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।