५ असोज/अर्थ र व्यापार– बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दशैं, तिहार चाडपर्व लक्षित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ ।
बजाजले ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नारा सहित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको हो ।
कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकमाँझ खुसी बाँड्न उनीहरुको आवश्यकता अनुरुपका योजनाहरु ल्याएको दाबी गरेको छ ।
रोजेरै खुसी योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफरहरुमा, १० हजार रुपैयाँको नगद छुट पाउन, अथवा ५० प्रतिशत डाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याजदर वा २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको सुविधामध्य कुनै एक अफर छनौट गरी लाभ लिन सक्नेछन् ।
योजनाको शुभराम्भ गर्दै प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउदै आएको बताए ।
तपाईको प्रतिक्रिया