२५ असार / अर्थ र व्यापार – अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले एफपिओ निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समिति बैठकले प्रति कित्ता २०१ रुपैंयाँ अतिरिक्त मुल्य थपेर ३०१ रुपैंयाँमा एफपिओ निष्काशन गर्ने निर्णय गरेको हो ।
सञ्चालक समिति बैठकले धितोपत्र बोर्डको अनुमति पछि एफपिओ निष्काशनको प्रक्रिया अघि बढाउने छ । कम्पनीले ९५ करोड ५ लाख २२ हजार ७ सय ८३ रुपैंयाँमा ३१ लाख ५७ हजार ८ सय ८३ कित्ता सेयर एफपिओमा निष्काशन गर्न लागेको हो ।
तपाईको प्रतिक्रिया