logo

अरुण भ्यालीको नाफा ५० प्रतिशतले बढ्यो

    1136   पटक पढिएको

२६ साउन / अर्थ र व्यापार – अरुण भ्याली हाइड्रोपावर गत आव २०७३/७४ मा ८ करोड ९५ लाख रुपैयाँ कमाएको छ । कम्पनीको नाफामा ५० प्रतिशतले वृद्धि भएको हो । यसअघि कम्पनीले ५ करोड ९३ लाख नाफा कमाएको थियो । कम्पनीको सञ्चिती १६ प्रतिशतले बढेर ९ करोड २३ लाख रुपैयाँ रहेको छ । १ करोड १५ लाख बराबरको काम भइरहेको छ । कम्पनीले १ लाख ५६ हजार व्याज तिरेको छ ।

कम्पनीले १ करोड रुपैयाँ ह्रास कट्टी वापत रकम छुट्याएको छ । चालु सम्पत्तिबाट चालु दायित्व घटाउदा कम्पनीको खुद चालु सम्पत्ती १२ करोड रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय १० रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५६ पैसा, मूल्य आम्दानी अनुपात २६ गुणा, प्रतिसेयर कुल सम्पत्तीको मूल्य १ सय १३ रुपैयाँ रहेको छ ।

कम्पनीले ७ करोड ८५ लाख अन्य स्रोतबाट आम्दानी गरेको छ । कम्पनीले निकट भविष्यमा नयाँ जलविद्युत् आयोजना निर्माण गर्ने पुर्व तयारी भइरहेको उल्लेख खगरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।