logo

एप्पलको वित्तिय विवरण सार्वजनिक, आम्दानीमा ४.५ प्रतिशतको गिरावट

    1244   पटक पढिएको

१६ माघ /अर्थ र व्यापार - एप्पलले सन् २०१८ को अन्तिम त्रैमासमा एक हजार ९९७ करोड डलर नाफा आर्जन गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ । यो सन् २०१७ को अन्तिम त्रैमासको तुलनामा १ प्रतिशतले कमी हो । यस अवधिमा एप्पलको आम्दानीमा ४.५ प्रतिशतको गिरावट देखिएको छ ।

२०१८ को डिसेम्बरसम्ममा एप्पलको आम्दानी ४.५ प्रतिशतले घटेर ८ हजार ४३१ करोड डलर भएको छ । चीनमा एप्पलको विक्री कम भएका कारण आम्दानीमा गिरावट देखिएको हो । त्यस्तै २०१७ को डिसेम्बरको तुलनामा २०१८ को डिसेम्बरसम्ममा एप्पलको आइफोन विक्री १५ प्रतिशतले घटेको छ । एप्पलको ६० प्रतिशत आम्दानी आइफोनको विक्रीबाट नै आउने गर्दछ ।

१७ बर्षमा पहिलोपटक डिसेम्बर त्रैमासमा एप्पलको मुनाफा र आम्दानीमा गिरावट देखिएको हो । योभन्दा पहिले सन् २००१ मा यस्तो भएको थियो । त्यो समय छुट्टीवाला त्रैमास हुने भएकाले पनि एप्पलको लागि डिसेम्बर त्रैमास महत्वपूर्ण हुने गर्दछ, जसमा कम्पनीहरुमा आफ्ना उत्पादन बढ्ने आशा रहेको हुन्छ ।

कम्पनीका सीईओ टिम कुकुले डिसेम्बरमा लगानीकर्ताहरुलाई पत्र लेखेर चीनमा विक्री घटेका कारण अन्तिम त्रैमसामा कुल आम्दानी पछिल्लो अनुमानभन्दा ५.५ प्रतिशतले कम हुने बताएका थिए । २०१८ को अन्तिम त्रैमासमा चीनमा एप्पलको कमाई एक हजार ३१७ करोड डलर रहेको छ । यो २०१७ को यसै अवधिको तुलनामा २७ प्रतिशतले कमी हो । गत २०१७ को डिसेम्बर त्रैमासमा चीनमा एप्पलको आम्दानी एक हजार ७९६ करोड डलर रहेको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।