logo

विमानस्थलमा सञ्चालित ड्यूटी फ्री मदीरा विक्री पसलले भाडा नतिरेपछि सिल गरियो

    1704   पटक पढिएको

३ पुस/ अर्थ र व्यापार  - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा २० वर्षदेखि ड्यूटी फ्री मदीरा विक्री गर्दै आएको ग्रीन लाइन र युनिभर्सल सप्लायरले भाडाबापत आठ करोड रुपैयाँ तिरेको छैन । विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल भवनको आगमन तथा प्रस्थानतर्फ प्रमोद शम्शेर  जबराले संचालन गरेको युनिभर्सल सप्लाइ एजेन्सी र ग्रीनलाइन इन्टरनेशनल प्रा.लीले ताकेता गर्दा पनि पैसा नतिरेपछि सिल गरिएको छ ।

गत मंसिर २१ गते उक्त सटर खाली गराउनका लागि विमानस्थलले ताकेता गरेता पनि संचालक अझै सम्पर्कमा नआएको विमानस्थलले बताएको छ । विमानस्थलले यी आउटलेट गत जेठदेखि सिल गरिदिएको बिमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए ।

सरकारले नौ वर्षअघि विमानस्थलमा ड्यूटी फ्री प्रतिबन्ध लगाएपछि राणाले ड्यूटी पेड संचालनमा ल्याइरहेका थिए । तर भाडाबापतको शूल्क र विलम्ब शूल्क सहित आठ करोड रुपैयाँ बाँकी रहेको विमानस्थलका महाप्रबन्धक क्षेत्रीले जानकारी दिए ।
पटकपटक पत्राचार गर्दा समेत पैसा नतिर्ने लक्षण देखाएपछि पसल बन्द गरिएको थियो । उल्टै सर्वोच्चमा मुद्दा हाले पनि विमानस्थलले दुई चरणको मुद्धा जितिसकेको छ । अहिले हामीले तीन पुस्ते समावेश गरी पत्रिकामा पसलै जफत गर्ने सूचना निकाल्दा पनि सम्पर्कमा आएका छैनन् ।

फाइल बनाइसकेको र पसलभित्र रहेका सामान निकालेर एकठाउँमा सिल गरेर राख्नका लागि हामी छिट्टै मुचुल्का उठाउने योजनारहेको छ । सुरक्षा निकाय, अध्यागमन, भन्सार लगायत विभीन्न निकायका प्रतिनिधीको सहभागितामा सामान पन्छ्याउने योजनारहेको क्षेत्रीले बताए ।संचालकलाई बक्यौता तिराउनका लागि विमानस्थलले कानुनी रुपमा थप प्रक्रिया अघि बढाउने गृहकार्य सुरु गरिसकेको पनि क्षेत्रीले जानकारी दिए।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।