logo

विमानस्थलमा सञ्चालित ड्यूटी फ्री मदीरा विक्री पसलले भाडा नतिरेपछि सिल गरियो

    1454   पटक पढिएको

३ पुस/ अर्थ र व्यापार  - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा २० वर्षदेखि ड्यूटी फ्री मदीरा विक्री गर्दै आएको ग्रीन लाइन र युनिभर्सल सप्लायरले भाडाबापत आठ करोड रुपैयाँ तिरेको छैन । विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल भवनको आगमन तथा प्रस्थानतर्फ प्रमोद शम्शेर  जबराले संचालन गरेको युनिभर्सल सप्लाइ एजेन्सी र ग्रीनलाइन इन्टरनेशनल प्रा.लीले ताकेता गर्दा पनि पैसा नतिरेपछि सिल गरिएको छ ।

गत मंसिर २१ गते उक्त सटर खाली गराउनका लागि विमानस्थलले ताकेता गरेता पनि संचालक अझै सम्पर्कमा नआएको विमानस्थलले बताएको छ । विमानस्थलले यी आउटलेट गत जेठदेखि सिल गरिदिएको बिमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए ।

सरकारले नौ वर्षअघि विमानस्थलमा ड्यूटी फ्री प्रतिबन्ध लगाएपछि राणाले ड्यूटी पेड संचालनमा ल्याइरहेका थिए । तर भाडाबापतको शूल्क र विलम्ब शूल्क सहित आठ करोड रुपैयाँ बाँकी रहेको विमानस्थलका महाप्रबन्धक क्षेत्रीले जानकारी दिए ।
पटकपटक पत्राचार गर्दा समेत पैसा नतिर्ने लक्षण देखाएपछि पसल बन्द गरिएको थियो । उल्टै सर्वोच्चमा मुद्दा हाले पनि विमानस्थलले दुई चरणको मुद्धा जितिसकेको छ । अहिले हामीले तीन पुस्ते समावेश गरी पत्रिकामा पसलै जफत गर्ने सूचना निकाल्दा पनि सम्पर्कमा आएका छैनन् ।

फाइल बनाइसकेको र पसलभित्र रहेका सामान निकालेर एकठाउँमा सिल गरेर राख्नका लागि हामी छिट्टै मुचुल्का उठाउने योजनारहेको छ । सुरक्षा निकाय, अध्यागमन, भन्सार लगायत विभीन्न निकायका प्रतिनिधीको सहभागितामा सामान पन्छ्याउने योजनारहेको क्षेत्रीले बताए ।संचालकलाई बक्यौता तिराउनका लागि विमानस्थलले कानुनी रुपमा थप प्रक्रिया अघि बढाउने गृहकार्य सुरु गरिसकेको पनि क्षेत्रीले जानकारी दिए।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।