logo

नेपालमा एआइआइबीले ३८ अर्ब रुपैयाँ लगानी गर्ने 

    1540   पटक पढिएको

४ असार / अर्थ र व्यापार - एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)ले नेपालले प्रस्ताव गरेका दुई आयोजनामा करिब ३८ अर्ब रुपैयाँ (३ सय ८० मिलियन अमेरिकी डलर) लगानी गर्ने भएको छ । नेपालले गत वर्ष प्रस्ताव गरेका ६ मध्ये सहरी पूर्वाधार विकास कार्यक्रम र विद्युत् वितरण प्रणाली सुधार कार्यक्रमका लागि सहयोग गर्न एआइआइबी तयार भएको हो ।
सहरी पूर्वाधार विकास कार्यक्रमका लागि २८ अर्ब र विद्युत् वितरण प्रणाली सुधार कार्यक्रमका लागि १० अर्ब रुपैयाँ प्रस्ताव गरिएको छ । एआइआइबीको टोलीले पहिलो चरणको अध्ययनसमेत गरिसकेको यो आयोजनाको ऋण सम्झौता छिट्टै गर्ने तयारी अर्थ मन्त्रालयको छ । नेपालले यी दुईबाहेक ८० मेगावाटको शारदा बबई जलाशययुक्त आयोजना, पोखरा–बेनी–मुस्ताङ सडक स्तरोन्नति, टोखा–छहरे सुरुङ मार्ग र तराईका सहरी पूर्वाधार सुधार कार्यक्रममा लगानीको प्रस्ताव एआइआइबीसमक्ष गरेको थियो ।
एआइआइबीले नेपाललाई सुरुदेखि नै कम विवादित र तयारी अवस्थामा रहेका आयोजना प्रस्ताव गर्न आग्रह गरेको थियो । तत्काल लगानी गर्न सकिने आयोजना नभएपछि पहिलो चरणमा ६ आयोजनामा लगानीका लागि नेपालले आग्रह गरेको थियो । अघिल्लो वर्ष असारमा सम्पन्न एआइआइबीको पहिलो वार्षिक बैठकमा नेपालले ती आयोजनामा लगानीका लागि प्रस्ताव पठाएको हो । साढे दुई वर्षअघि स्थापना भएको बैंकको संस्थापक नेपाल पनि हो । चीनको मुख्य लगानी रहेको बैंकमा नेपालसहित ५७ राष्ट्र संस्थापक छन् ।
एआइआइबीले ती आयोजनाको स्थलगत अध्ययन गरेको थियो । गत कात्तिकमा नेपाल आएको टोलीले यी आयोजनाको स्थलगत अध्ययन गरेको हो । एआइआइबीका के छ्वाङको नेतृत्वमा आएको पाँच सदस्यीय टोलीले यी आयोजनाको स्थलगत अध्ययन गरेको थियो । टोलीले तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महरासँग पनि भेट गरेको थियो । भेटमा बैंकका प्रतिनिधिले नेपालमा लगानीका लागि आफूहरू सकारात्मक रहेको जवाफ दिएका थिए ।

एआइआबी बोर्ड अफ गभर्नर्सको दोस्रो बैठकको अन्तिम सत्रमा कार्कीले नेपालमा पूर्वाधार विकासका लागि कुल गार्हस्थ उत्पादनको ९ देखि १० प्रतिशत लगानी गर्नुपर्ने आवश्यकता भए पनि अहिले ४ प्रतिशत मात्रै लगानी भइरहेको छ  र यो अन्तर कम गर्न एआइआबीलगायतका संस्थाले लगानी गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।