२ साउन / अर्थ र व्यापार – कृषि सामग्री कम्पनी लिमिटेड पोखरा शाखा कार्यालयले आव २०७३/७४ मा चार करोड २२ लाख ९९ हजार ४१८ बराबरको कारोबार गरेको छ ।
रासायनिक मल युरिया, डिएपी र पोटासको कारोबार गर्दै आएको कार्यालयले ८९ वटा सहकारीलाई सूचीकृत गरेकामा यस आवमा ५४ वटा सहकारी मार्फत मात्र कारोबार गरेको हो । रासायनिक मलको मागअनुसारको मौज्दात रहेका कारण कृषकले अभाव महशुस गर्न नपरेको छ ।
तपाईको प्रतिक्रिया