२१ जेठ /अर्थ र व्यापार - अग्नि इनर्जीले ललितपुरको कुपन्डोलस्थित सर्भिस सेन्टरबाट अग्नि इनर्जीले ३ दिने निःशुल्क सर्भिस क्याम्पको व्यवस्था मिलाएको छ । विश्व वातावरण दिवस २०१९ को अवसरमा कम्पनीले निःशुल्क सर्भिसीङको व्यवस्था मिलाएको हो ।
निःशुल्क सर्भिस यही जुन महिनाको ५ तारिखदेखि ७ तरिखसम्म रहने छ । अग्नि इनर्जीको निःशुल्क सर्भिस क्याम्पबाट जेन्यून स्पेयरपार्ट तथा गुणस्तरीय सेवा उपलब्ध हुने छ । यहाँबाट ग्राहकलाई सवारी सञ्चालन सम्बन्धी उचित सल्लाह पनि प्रदान गरिनेछ । सर्भिस सेन्टरबाट सम्पूर्ण विद्युतीय सवारी गाडीको सर्भिसिङ हुनेछ ।
‘विद्युतीय सवारीका वातावरणमा तथा मानिसका लागि थुप्रै फाइदाहरु छन, विद्युतीय सवारी पेट्रोल र डिजेल सवारीको तुलनामा कम मर्मत खर्च लाग्दछ, साथै विद्यूतीय सवारीबाट १ किलोमिटर दुरीको लागि जम्मा रु १ खर्च हुन्छ, जुन कुरामा आम उपभोक्ताहरु अनभिज्ञ प्रायः हुनुहुन्छ ।’ अग्नि इनर्जीका वरिष्ठ कार्यकारी प्रबन्धक प्रमोद भण्डारीले भने ।
तपाईको प्रतिक्रिया