१४ असार/अर्थ र व्यापार– चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाहको ९०% निर्माण कार्य सम्पन्न भएको छ ।
इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको र यही असार मसान्तभित्र सम्पन्न गरिसकिने बताए । उनले बन्दरगाह साउनदेखी सञ्चालन गर्ने स्थितिमा पुगिसकेको जानकारी दिए ।
निर्देशक गजुरेलले भन्सार र क्वारेन्टिनका विल्डिङ, प्रशासनिक भवन, २ वटा ठूला गोदामहरु, चेकजाँच गर्ने ३ वटा एप्रिजल सेट, कन्टेनर तथा पार्किङ यार्ड, ड्राइभरका लागि खाना पकाउने ठाउँ, ट्वाइलेट, बाथरुमलगाएतका संरचना तयार भइसकेको जानकारी दिए ।
चोभारस्थित सुख्खा बन्दरगाह निर्माण सम्पन्न भईुकेपछि बिदेशबाट सिधै काठमाडौंमा आउने सामाग्रीहरु ल्याउन सहज हुने कार्यकारी निर्देशक गजुरेलले बताए । बन्दरगाहको लागत अनुमान १ अर्ब ८० करोड रहेको छ ।
तपाईको प्रतिक्रिया