logo

साउनमा ८६ अर्ब ७० करोडको सामान आयात

    1295   पटक पढिएको

२१ भदौ / अर्थ र व्यापार – चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ८६ अर्ब ७० करोड ४८ लाख रुपैयाँको सामान आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यो पोहोर साउनको तुलनामा २३.५७ प्रतिशतले बढी हो । पोहोर साउनमा ७० अर्ब १६ करोड ५७ लाखको सामान आयात भएको थियो ।  

आयात उल्लेख्य बढे पनि निर्यात भने घटेको छ । साउनमा ६ अर्ब ७९ करोड ७७ लाखको सामान निर्यात भएको भन्सारको तथ्यांकले देखाउँछ । यो पोहोर साउनको तुलनामा ३.५० प्रतिशतले कम हो । पोहोर साउनमा ६ अर्ब ९५ करोड आठ लाख रुपैयाँको निर्यात भएको थियो । साउनको व्यापार घाटा ७९ अर्ब ९१ करोड रुपैयाँ छ ।

विगत जस्तै यस वर्ष पनि सबैभन्दा धेरै व्यापार भारत र चीनसँग भएको छ । साउनमा भारतबाट ५५ अर्ब ७२ करोड रुपैयाँको आयात भएको छ । तीन अर्ब ६३ करोड रुपैयाँको सामान भारत निर्यात भएको छ । साउनमा भारतसँगको व्यापारमा ५२ अर्ब ९ करोड रुपैयाँ घाटा छ । 

चीनसँगको व्यापारमा ११ अर्ब रुपैयाँ घाटा भएको छ । साउनमा चीनबाट ११ अर्ब १५ करोड ४९ लाखको आयात भएकोमा १५ करोड ४० रुपैयाँको निर्यात भएको छ । तेस्रो स्थानमा रहेको अर्जे्न्टिनाबाट दुई अर्ब ४२ करोड ५५ लाख रुपैयाँको आयात भएकोमा निर्यात शून्य छ । 

साउनमा अमेरिका, बेलायत, चेक रिपब्लिक, नर्वे, नामिबिया, पोर्चुगल लगायत देशसँगको व्यापार नाफामा छ । ११ वटादेशसँग निर्यात मात्र भएको छ । आयात शून्य छ । 

गत आवमा वैदेशिक व्यापारमा नौ खर्ब नौ अर्ब ३५ करोड ५१ लाख रुपैयाँ घाटा बेहोरेको मुलुकले चालु आवमा त्योभन्दा बढी घाटा बेहोर्नुपर्ने संकेत देखिएको छ । गत वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा २९ प्रतिशतले बढी घाटा भएको थियो ।  गत आर्थिक वर्षमा नौ खर्ब ८४ अर्ब ६ करोड ७८ लाख रुपैयाँको आयात भएको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २७ प्रतिशतले बढी हो । 

गत आर्थिक वर्षमा निर्यात भने जम्मा ७४ अर्ब ७१ करोड २६ लाखको भएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा ६.३५ प्रतिशतले बढी हो । आयात र निर्यात गरेर गत वर्ष कुल १० खर्ब ५८ अर्ब ७८ करोड चार लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।