logo

पाल्पामा ६४३ घरेलु तथा साना उद्योग दर्ता

    1629   पटक पढिएको

१६ साउन / अर्थ र व्यापार – घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७३/७४ मा ६४३ उद्योग दर्ता भएका छन् । वाणिज्यतर्फ ३९७ र उद्योगतर्फ २४६ उद्योग दर्ता भएका हुन् ।

वाणिज्यतर्फका ४६५ वटा उद्योग नवीकरण, १७५ संशोधन र ६० वटा फार्म खारेजी भएको छ । विसं २०७२/७३ मा ३२९ वटा फार्म दर्ता भएका थिए भने १२६ वटा नवीकरण, ६० वटा संशोधन र ३२ वटा उद्योग खारेजी भएको छ ।

उद्योगतर्फ २४६ दर्तामध्ये लघु उद्यम फार्म दर्ता ७० वटा, निजी (घरेलु तथा साना उद्योग) फार्मतर्फ १६६ वटा, साझेदारीतर्फ चारवटा, कम्पनी दर्ता पाँचवटा र घरेलुतर्फ एउटा उद्योग दर्ता भएको हो । उत्पादनमूलकमा ४३, कृषि तथा वन्यजन्यमा ६९, पर्यटनमा ७७, सेवामूलकतर्फ ५७ रहेको छ ।

आव २०७२/७३ मा उत्पादनतर्फ ४३ वटा, कृषि तथा वन्यजन्य ८६, पर्यटनअन्तर्गत ६२, सेवा उद्योगतर्फ ६७ गरी जम्मा २५८ वटा उद्योग दर्ता भएका थिए । जिल्लामा हाल एक हजार ९५४ उद्योग दर्ता भई सञ्चालनमा रहेका छन् । 

आव २०७३/७४ मा ३८ वटा उद्योग महिलाको नाममा दर्ता भएको पाइएको छ । सिलाइ कटाइ, ढाका कपडा उद्योग, कृषि, ब्युटिपार्लरजस्ता उद्योग महिलाको नाममा दर्ता भई हाल सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।