logo

बुद्धभूमि नपाको बजेट रु ६४ करोड २२ लाख

    1316   पटक पढिएको

२९ भदौ / अर्थ र व्यापार – कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको पहिलो नगर सभाले आर्थिक वर्ष २०७४–७५ का लागि करिब रु ६४ करोड २२ लाख बजेट विनियोजन गरेको छ । नगर प्रमुख केशवकुमार श्रेष्ठले मंगलबार भएको प्रथम नगर सभामा रु ६४ करोड २२ लाख ८७ हजार २३० बराबरको बजेट विनियोजन गरेका हुन् ।

यसमध्ये पूँजीगततर्फ रु ४८ करोड ८१ लाख दुईहजार २०० र चालुतर्फ रु १५ करोड ४१ लाख ८५ हजार बराबरको रकम विनियोजन गरिएको छ । लक्षित वर्ग, महिला तथा पछाडि परेकालाई समाहित गर्ने तथा शिक्षा, स्वास्थ्य, कृषि, सडक, वन, वातावरणजस्ता क्षेत्रमा लगानी तथा दिगो विकासमा योगदान पुर्याउने कार्यक्रमसमेत नगरपालिकाले पारित गरेको छ ।

साथै, नगरपालिकाको कार्य सम्पादनलाई छिटो, छरितो, पारदर्शी एवंढ–सेवाग्राहीमैत्री तुल्याउने, व्यवस्थापकीय क्षमता अभिवृद्धिमा जोड दिने, संस्थागत क्षमता विकास, खोजमूलक र अनुसन्धानमूलक पत्रकारितालाई प्रवद्र्धन गर्नेजस्ता नीति तथा कार्यक्रमसमेत नगरसभामार्फत पारित गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।