६ असोज / अर्थ र व्यापार – आर्थिक बर्षको पहिलो महिना नै कुल वस्तु निर्यात घटेको छ। निर्यात ३.९ प्रतिशतले घटेर एक महिनामा ६ अर्ब ६८ करोड रुपैयाँ मात्र भित्रिएको छ । अघिल्लो बर्ष ७.७ प्रतिशतले बढेको थियो ।
बस्तु आयात भने ९.३ प्रतिशतले बढेर ७७ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । भारतबाट ९ प्रतिशत, चीनबाट १४.२ प्रतशित र अन्य मुलुकबाट ७.१ प्रतिशतले आयात बढेको छ । खासगरी पेट्रोलियम पदार्थ, सुन, सिमेन्ट र हवाइजहाजका पार्टसको आयात बढेको छ ।
चालु बर्षको पहिलो महिना कुल सेवा आय २०.१ प्रतिशतले बढ्दा खर्च भने ८.४ प्रतिशतले मात्र उक्लिएको छ । यद्यपी खुद सेवा आय घाटा भने २ अर्ब ३६ करोड रुपैयाँ छ । पर्यटन आय करिव १८ प्रतिशतले बढेर ४ अर्ब २६ करो८ पुगेको छ ।
निर्यातभन्दा आयात उच्च हुँदा कुल बस्तु ब्यापार घाटा १०.७ प्रतिशतले उक्लिएको छ । महिना दिनको व्यापार घाटा ७० अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
तपाईको प्रतिक्रिया