logo

गत वर्षको नाफाबाट पाँच कम्पनीले गरे लाभांस घोषणा

    1799   पटक पढिएको

८ असोज / अर्थ र व्यापार – तीन कम्पनीले लाभांस घोषणा गरेका छन् । दुई बिमा कम्पनी, दुई विकास बैंक र एक लघुवित्त कम्पनी ले लाभांस घोषणा गरेका हुन् । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, कैलास विकास बैंक, आरएसडिसी लघुवित्त विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले लाभांस घोषणा गरेका हुन् ।

प्रुडेन्सियल इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर बराबरको रकम १.०५ प्रतिशत नगद लाभांस दिने भएको छ । गत वर्ष कम्पनीले २१.०५ प्रतिशत लाभांस दिएको थियो। हाल कम्पनीको चुक्ता पूँजी ४२ करोड ७६ लाख रुपैयाँ छ । गत वर्ष कम्पनीले १७ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

सिदार्थ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर घोषणा गरेको छ । कर प्रयोजनका लागि छुट्टै १.०५३ प्रतिशत नगद लाभांस दिने भएको छ । गत वर्ष कम्पनीले ३१.५७ प्रतिशत लाभांस दिएको थियो ।

सप्तकोशी डेभलपमेन्ट बैंकले ११.५० प्रतिशत बोनश शेयर घोषणा गरेको छ । कैलासले १० प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांस घोषणा गरेको छ । यसैगरी आरएसडिसीले १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांस घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।