logo

गाउँमा एकैपटक ४१ सय सडक आयोजना

    1854   पटक पढिएको

१८ जेठ / अर्थ र व्यापार-राजनीतिक दबाब र प्रभावमा समावेश हुने गरेका ४ हजार १ सयवटा सडक आयोजना स्थानीय तहबाट कार्यान्वयन हुने भएका छन् । यसअघि केन्द्रीय तहबाट कार्यान्वयन हुँदै आएका ४ लाखे र ८ लाखे सडक आयोजना सीधै स्थानीय तहमा पुर्याइएको छ । मन्त्री र प्रभावशाली नेताको दबाबमा ८ लाख र ४ लाख रुपैयाँ बजेट परेका आयोजना अब तल्लो तहमा पुगेका हुन् ।
कुल ८ लाख रुपैयाँ बजेट परेका २२ सय र ४ लाख रुपैयाँ बजेट परेका १९ सय आयोजना कार्यान्वयनमा थिए । ४ लाख र ८ लाख रुपैयाँ बजेट भएका ४१ सय आयोजना केन्द्रबाट सञ्चालित थिए जुन अब गाउमाँ जान्छन् र यी सडकको शीर्षकमा आगामी आर्थिक वर्षका लागि बजेट शून्य गरिएको छ । 
गाउँपालिकाभित्रका ५० लाखसम्मका, नगरपालिकाभित्रका १ करोडसम्मका र उपमहानगर तथा महानगरभित्रका २ करोड रुपैयाँसम्मका आयोजना नयाँ बजेटले स्थानीय तहले कार्यान्वयन गर्ने व्यवस्था गरेपछि केन्द्रबाट कार्यान्वयन भएका ती आयोजना पनि तलै गएका हुन् । बजेटको व्यवस्थाअनुसार अब ठूला आयोजना मात्रै केन्द्र सरकारले अघि बढाउनेछ ।
स्थानीय तहमा सडकबाहेकका २६ अर्ब रुपैयाँभन्दा धेरै रकमका साना आयोजना पनि सारिएका छन् । हरेक मन्त्रालयले स–साना आयोजना आफूखुसी खर्च गर्ने गरेका थिए र पूर्वाधारसँग जोडिएका अधिकांश मन्त्रालयसँग यस्ता खुद्रे आयोजना छन् । भौतिक पूर्वाधार, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयनलगायतका मन्त्रालयले यस्ता टुक्रे आयोजनाका लागि पैसा माग्ने गरेका थिए । तर राजनीतिक नेता तथा मन्त्रीको दबाबमा यस्ता आयोजनामा पैसा जाने गरेको छ ।
स्थानीय तहका लागि सरकारले बजेटमार्फत उपलब्ध गराएको रकम खर्च गर्न कार्य्विधिको तयारी गरेको छ । यो कार्य्विधि राजपत्रमा प्रकाशित भएपछि मात्रै केन्द्रको अनुदान स्थानीय तहले पैसा खर्च गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।