logo

सामूहिक लगानी कोषबाट ५ वर्षमा ४ गुणा कमाई

    1764   पटक पढिएको

१२ साउन / अर्थ र व्यापार – सेयरबाट पैसा कमाउन चाहने तर बजारमा प्रत्यक्ष होमिने आँट नभएका लगानीकर्ताहरुका लागि उपयुक्त विकल्प हो, सामुहिक लगानी कोष । यस्ता कोषमा लगानी गर्दा पनि ५ वर्षमा प्रतिफल लगभग चौबर भएको उदाहरण देखिएको छ ।

नेपालमा सबैभन्दा पहिलो व्यवसायिक सामूहिक लगानी कोष हो, सिद्धार्थ क्यापिटलले ल्याएको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम’ । आगामी पुस ९ गते यो परिपक्व हुदैछ अर्थात् योजना समाप्त हुँदैछ । त्यतिबेलासम्म यो योजनामा सुरुमा १० हजार रुपैयाँ हालेको लगानीकर्ताले करिब ३६ हजार कमाइ गर्ने देखिएको छ ।

५ वर्ष परिपक्व अवधि रहेको यो योजनाले पहिलो आर्थिक वर्ष–योजना सञ्चालनमा आएको ६ महिनामा ४.५ प्रतिशतका दरले, दोस्रो र तेस्रो दुवै वर्ष १५ प्रतिशतका दरले र चौथो वर्ष ३० प्रतिशतका दरले नगद लाभांश दिएको छ । १० हजार हाल्नेले यो अवधिसम्म ६ हजार ४ सय ५० रुपैयाँ कमाइसकेका छन् ।

गत आवको नाफापछि यो योजनाले यस वर्ष लगभग ३० प्रतिशत लाभांश दिन सक्ने अवस्थामा रहेको बुझिएको छ । यसो भएमा लगानीकर्ताले कुल ९ हजार ४ सय ५० रुपैयाँ प्रतिफल प्राप्त गर्नेछन् । हाल बजारमा यसको प्रतिइकाई २४ रुपैयाँ ९० पैसामा कारोबार भइरहेको छ ।

१० हजार लगानी गर्नेले यसपाली लाभांश नखाई अहिल्यै यो इकाइ बिक्री गर्न चाहेमा पनि बजारबाट मात्रै लगभग २४ हजार ९ सय (कर सहित) कमाउने छ । यसअघि पाइसकेको लाभांश समेत हिसाब गर्ने हो भने सुरुमा १० हजार हाल्नेले तीन गुणा (कुल ३१ हजार ३ सय ५०) रुपैयाँ कमाउनेछ ।

हाल यो योजनाको प्रतिइकाइ खुद सम्पत्तीको मूल्य भने २७ रुपैयाँ रहेको छ । यो भनेको दायित्व कटाएर बाँकी रहने सबै सम्पत्ति बिक्री गर्दा यो योजनाको एक इकाइको मूल्य यति बराबर हो ।

यो दर आगामी पुससम्म रहन्छ नै भन्न सकिदैन । किनभने योजनाको लगानीको राम्रै हिस्सा सेयर बजारमा र निक्षेपमा रहेको छ । सेयर बजार र निक्षेपको व्याज दर घट्न थालेमा भने यसको प्रतिइकाइ खुद सम्पत्तीको मूल्य पनि केही घट्ने सम्भावना रहन्छ ।

तर, हालकै प्रतिइकाइ खुद सम्पत्ती मूल्य २७ लाई आधार मानेर हेर्ने हो भने परिपक्व अवधिसम्म कुर्नेले सबै लाभांशसहित कुल ३६ हजार ४ सय ५० कमाउनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।