logo

बाँकेमा सहकारीमार्फत ४ अर्ब ४२ करोडको लगानी

    1718   पटक पढिएको

२६ साउन / अर्थ र व्यापार – बाँकेमा सञ्चालित सहकारी संस्थाले ४ अर्ब ४२ करोड रुपैयाँ लगानी गरेका छन् । जिल्लामा सक्रिय रुपमा सञ्चालनमा रहेका २ सय १९ वटा सहकारी संस्थामार्फत किसान र व्यवसायीलाई सो लगानी गरिएको हो ।     

सहकारी संस्थाहरुले कृषि, स्वास्थ्य, जडिबुटी, विद्युत्, वन तथा वातावरण र वित्तीयलगायतका क्षेत्रमा लगानी गरेर आफ्नो कारोबार गरिरहेका छन् । सहकारी संस्थामार्फत मात्र गरिएको लगानीबाट जिल्लामा ८ हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ ।

त्यसैगरी ५ सय टनभन्दा बढी बिउ तथा २ करोड भन्दा बढी खसी बोकाको कारोबार हुने गरेको छ । सहकारीहरुले किसानको आर्थिक अवस्था बलियो बनाउनुका साथै दूध, बिउ, मासुलगायतमा जिल्लालाई आत्मनिर्भर बनाउनसमेत ठूलो मद्दत गरिरहेको छ । 

सहकारीहरुमार्फत जिल्लामा गरिएको ४ अर्ब ४२ करोड लगानीबाट जिल्लाका सयौं परिवारको पालन पोषण हुनुका साथै उनीहरुको आर्थिक अवस्थामा पनि सुधार हुँदै गएको छ । सोही प्रकारले ती सहकारी संस्था मार्फत जिल्लामा ४ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन भएको छ । 

सहकारी डिभिजन कार्यालय नेपालगन्जका अनुसार जिल्लामा रहेका सहकारीहरुको सेयर पुँजी ३५ करोड १३ लाख रुपैयाँ छ । सो कार्यालयका अनुसार बाँकेमा हालसम्म ४ सय ३ वटा सहकारी संस्था दर्ता रहेकोमा २ सय १९ वटा सक्रिय छन् भने १ सय ७ वटा सुधारोन्मुख, ७१ वटा समस्याग्रस्त र ४ वटा निस्कृय रहेका छन् । 

जिल्लामा दर्ता भएका सहकारी संस्थामा २ हजार ८ सय सञ्चालक र १ लाख १६ हजार ३ सय जना सेयर सदस्य रहेको छ । सोही प्रकारले ती सहकारी संस्थाका कारण जिल्लाका एक हजार २ सय जनाले कर्मचारीका रुपमा प्रत्यक्ष रोजगारी पाएका छन् भने अप्रत्यक्ष रुपमा पनि सयौंले काम पाएका छन् । 

यसैबीच सहकारीहरुलाई बलियो र सुदृढ बनाउन सरकारले सहकारी संस्थाबीच मर्जर हुनुपर्ने नियमलाई पनि कडाईका साथ अघि बढाउन थालेको छ । सोही अनुरुप जिल्लामा हालसम्म दुइटा सहकारी मर्जर भइसकेको र केही अन्य मर्ज हुने प्रक्रियामा छन् ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।