logo

अरुण काबेली हाइड्रोपावर ३८ लाखको नोक्सानमा

    1396   पटक पढिएको

२५ साउन / अर्थ र व्यापार – २५ मेगावाटको काबेली बी १ जलविद्युत आयोजना निर्माण गरिरहेको अरुण काबेली हाइड्रोपावर गत आव २०७३/७४ मा ३८ लाख रुपैयाँ नोक्सानमा रहेको छ । सन् २०१६ सेप्टेम्बरमा आयोजनाबाट विद्युत उत्पादन गर्ने योजना राखेको कम्पनीले प्रधाकिरणबाट प्रशारण लाइन नबनेको कारण देखाउँदै उत्पादनको लागि आगामी १० महिना (जुलाई २०१८) सम्मको अवधि मागेको थियो ।

यस आधारमा हेर्दा कम्पनीबाट लगानीकर्ताले प्रतिफल प्राप्त गर्न अझै २ वर्षभन्दा बढि समय कुनुपर्ने देखिएको छ । तर बजारमा कम्पनीको सेयर मूल्य भने ४ सय रुपैयाँ हाराहरीमा रहेको छ । कम्पनीको सञ्चिती १ करोड ४९ रुपैयाँले नकारात्मक छ । कम्पनीले १ अर्ब ८८ करोड ऋण तिर्न रहेको छ । ३ अर्ब १६ अर्ब बराबरको काम भइरहेको पनि कम्पनीले उल्लेख गरेको छ । कम्पनीको प्रतिसेयर कुल सम्पत्तीको मूल्य भने २ सय ४८ रहेको छ ।

कम्पनीले ३४ लाख रुपैयाँ ह्रास कट्टी वापत रकम छुट्याएको छ । चालु सम्पत्तिबाट चालु दायित्व घटाउदा कम्पनीको खुद चालु सम्पत्ती १४ करोड रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ रहेको छ । पहिलो कारोबारको लागि नेप्सेले दिने नेटवर्थको तीन गुणा सम्मको रेञ्जलाई आधार मान्ने हो भने कम्पनीको सेयर मूल्य २ सय ९७ रुपैयाँ बराबर हुनसक्दथ्यो । तर, कम्पनीको कारोबार निकै अगाडीदेखि भएकोले मूल्य माथी पुगिसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।