logo

मन्त्रालयले पाँच उद्देश्यसहित ल्यायो पर्यटन नीति

टुरिजम स्याटेलाइट एकाउन्ट तयार गरिने

    459   पटक पढिएको



१२ साउन/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘अद्वितीय पर्यटकीय गन्तव्य नेपाल’को दूरदृष्टिसहित पर्यटन नीति सार्वजनिक गरेको छ ।
पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले सोमबार मन्त्रालयमा पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिको उपस्थितिमा पर्यटन नीति सार्वजनिक गरेका हुन् । यस पर्यटन नीति मार्फत सरकारले ५ वटा उद्देश्य लिइएको छ ।
पर्यटकीय वस्तु पहिचान, विकास, प्रवर्धन र विविधिकरण, गुणस्तरीय र सुरक्षित पर्यटकीय पूर्वाधार विकास, पर्यटन क्षेत्रमा शासकीय दक्षता सुधार, पर्यटन प्रवर्धनमार्फत रोजगारी र स्वरोजगारीका अवसर सिर्जनालाई नीतिको उद्देश्य भनिएको छ ।
मन्त्री पाण्डेले पर्यटन प्रवर्धनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी नीति तर्जुमा गरेको बताए । उनले पर्यटन प्रवर्धनमा निजी क्षेत्र, नेपालस्थित विदेशी कूटनीतिक नियोग र गैरआवासीय नेपाली आबद्ध संघ संस्थासँग सहकार्य गर्ने बताए ।
पर्यटनसँग सम्बन्धित समग्र तथ्यांक संकलन र विश्लेषण गर्न एक वर्षभित्र टुरिजम स्याटेलाइट एकाउन्ट तयार गर्ने भनिएको छ । पर्यटन प्रवर्धनका लागि आवश्यक छूट र सहुलियतको व्यवस्था गर्ने नीतिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।