६ साउन/अर्थ र व्यापार – भर्खर समाप्त भएको गत आर्थिक वर्ष २०८१/८२ मा अन्य मुलुकसँग नेपालको व्यापार १९ दशमलब २४ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्ष नेपालले कुल १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो आयात अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १३ दशमलब २५ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्ष कुल १५ खर्ब ९२ अर्ब रुपैयाँको मात्र वस्तु आयात भएको थियो ।
यसैगरी,समिक्षा अवधीमा निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष नेपालबाट कुल २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । एक वर्षमा भएको यो निर्यात सबैभन्दा उच्च हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष निर्यात ८१ दशमलब ८० प्रतिशत बढेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष १ खर्ब ५२ अर्ब रुपैयाँको वस्तु नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको थियो ।
तपाईको प्रतिक्रिया