logo

सेयर बजारबाट एक वर्षमा उठ्यो साढे १६ अर्ब पूँजीगत लाभकर

    71   पटक पढिएको


२ साउन/अर्थ र व्यापार – गत आर्थिक वर्ष २०८१/८२ मा सेयर बजारबाट सरकारले हालसम्मकै उच्च पूँजीगत लाभकर उठाएको छ ।
गत आर्थिक वर्ष कुल १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ पूँजीगत लाभकर उठेको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ । यसअघि आर्थिक वर्ष २०७७/७८ मा सरकारले १४ अर्ब १३ करोड रुपैयाँ लाभकर उठाएको रेकर्ड थियो ।
गत आर्थिक वर्षको पूँजीगत लाभकर अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा तीन गुणाले बढी हो । अघिल्लो आर्थिक वर्ष सरकारले ५ अर्ब ५१ करोड रुपैयाँ पूँजीगत लाभकर पाएको थियो । गत आर्थिक वर्ष साउन महिनामा सबैभन्दा धेरै ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ पूँजीगत लाभकर उठेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा कुल १ सय १६ कम्पनीको बोनस सेयर, प्राथमिक सेयर, एफपीओ, ऋणपत्र तथा म्यचुअल फण्डका इकाइ थप भएका छन् । गत आर्थिक वर्ष नै सेयर कारोबारमा पनि रेकर्ड बनेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार गत आर्थिक वर्ष कुल २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १ सय ८९ प्रतिशत बढी हो । यसअघि आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै १४ खर्ब ५४ अर्ब ४४ करोडको कारोबार रेकर्ड बनेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।