२९ असार/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ५० अर्ब रुपैयाँ उठाउन लागेको छ । राष्ट्र बैंकले बोलकबोल मार्फत ४ दिने अवधिको ५० अर्ब रुपैयाँ उठाउन लागेको हो ।
यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ । आइतबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साँवा तथा ब्याज साउन १ गते भुक्तानी गर्नेछ । राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरण मार्फत खिचेको ३ खर्ब ६९ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ ।
तपाईको प्रतिक्रिया