logo

शोधनान्तर स्थिति ५ खर्ब बचतमा

    322   पटक पढिएको


२४ असार/अर्थ र व्यापार – चालु आर्थिक वर्षको वितेका ११ महिना जेठ मसान्तसम्ममा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ ।
गत आव सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा थियो । आयातमा उल्लेख्य सुधार हुन नसक्दा र निर्यात बढेपछि शोधनान्तर बचत बढेको हो । चालु आव ११ महिनामा आयात १३ प्रतिशतले मात्र बढेको छ भने निर्यात ७७.८ प्रतिशतले बढेको छ ।
त्यसैगरी, रेमिट्यान्स आप्रवाह पनि १५.५ प्रतिशतले बढेको छ । त्यसले गर्दा पनि शोधनान्तर स्थितिमा सुधार आएको केन्द्रीय बैंकले जनाएको छ ।
अमेरिकी डलरमा गत आव सोही अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव जेठसम्म ३ अर्ब ६२ करोडले बचतमा छ ।

चालु आवको समीक्षा अवधिमा चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता २ खर्बले बचतमा थियो । अमेरिकी डलरमा गत आव सोही अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको चालु खाता चालु आव जेठसम्म अवधिमा २ अर्ब २६ करोडले बचतमा छ ।

चालु आव जेठसम्म खुद पूँजीगत ट्रान्स्फर ८ अर्ब ९६ करोड छ । गत आव सोही अवधिमा यस्तो ट्रान्स्फर ५ अर्ब ४६ करोड थियो । यसैगरी, चालु आव जेठसम्म ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आव सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब २४ करोड थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।