logo

शोधनान्तर स्थिति ५ खर्ब बचतमा

    586   पटक पढिएको


२४ असार/अर्थ र व्यापार – चालु आर्थिक वर्षको वितेका ११ महिना जेठ मसान्तसम्ममा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ ।
गत आव सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा थियो । आयातमा उल्लेख्य सुधार हुन नसक्दा र निर्यात बढेपछि शोधनान्तर बचत बढेको हो । चालु आव ११ महिनामा आयात १३ प्रतिशतले मात्र बढेको छ भने निर्यात ७७.८ प्रतिशतले बढेको छ ।
त्यसैगरी, रेमिट्यान्स आप्रवाह पनि १५.५ प्रतिशतले बढेको छ । त्यसले गर्दा पनि शोधनान्तर स्थितिमा सुधार आएको केन्द्रीय बैंकले जनाएको छ ।
अमेरिकी डलरमा गत आव सोही अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव जेठसम्म ३ अर्ब ६२ करोडले बचतमा छ ।

चालु आवको समीक्षा अवधिमा चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता २ खर्बले बचतमा थियो । अमेरिकी डलरमा गत आव सोही अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको चालु खाता चालु आव जेठसम्म अवधिमा २ अर्ब २६ करोडले बचतमा छ ।

चालु आव जेठसम्म खुद पूँजीगत ट्रान्स्फर ८ अर्ब ९६ करोड छ । गत आव सोही अवधिमा यस्तो ट्रान्स्फर ५ अर्ब ४६ करोड थियो । यसैगरी, चालु आव जेठसम्म ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आव सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब २४ करोड थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।