logo

अल्पकालीन ब्याजदर बढाउन ४० अर्बको निक्षेप संकलन

    663   पटक पढिएको



२८ जेठ/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले अल्पकालीन ब्याजदर बढाउन बुधबार ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर साढे २ प्रतिशतमा झरेपछि निक्षेप संकलन उपकरण प्रयोग गरेको हो ।
राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता र अल्पकालीन ब्याजदरलाई हेरेर तरलता खिच्ने र पठाउने गर्छ । पछिल्लो समयमा कर्जाको माग बढ्न नसक्दा र रेमिट्यान्स आप्रवाह निरन्तर वृद्धि हुँदा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएको छ ।
राष्ट्र बैंकले अल्पकालीन ब्याजदरलाई ब्याजदर करिडोर मार्फत सन्तुलित बनाउँदै आएको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीमा तरलता अभाव भएको खण्डमा ब्याजदर करिडोरको माथिल्लो सीमा अर्थात बैंक दर (६.५) प्रतिशतमा स्थायी तरलता सुविधा मार्फत पैसा दिन्छ । त्यसैगरी, अधिक तरलता भएको खण्डमा स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्छ । स्थायी निक्षेप सुविधा दर ३ प्रतिशत तोकेको छ ।
राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशत भन्दा तल अन्तर बैंक दर साताको दुईपटकसम्म निक्षेप संकलन गरेको छ । यसै साताको आइतबार ४२ दिने निक्षेप संकलन गरेको राष्ट्र बैंकले बुधबार पुन ४० अर्बको निक्षेप बोलकबोल गर्ने भएको हो ।
बुधबार जेठ ७ गते लिएको ५० अर्बको निक्षेप परिपक्क हुँदैछ । त्यसैगरी केन्द्रीय बैंकले स्थायी निक्षेप मार्फत लिएको पैसा पनि परिपक्क हुने भएपछि ४० अर्ब २१ निक्षेप संकलन आह्वान गरेको हो ।
केन्द्रिय बैंकले अन्तर बैंक ब्याजदर घटेपछि बोलकबोल मार्फत ब्याजदर निर्धारण गरी बढाउन खोजेको छ । निक्षेप संकलन मार्फत तरलता खिचेपछि तरलता घट्ने बित्तीकै बैंक वित्तीय संस्थाले धेरै ब्याजको माग गर्छन । त्यसपछि ब्याजदर बढ्न जान्छ । यो साताको आइतबार जारी भएको निक्षेप संकलन उपकरणको औसत ब्याजदर २.९९३५ प्रतिशत कायम भएको राष्टङ बैंकले जनाएको छ ।
वित्तीय प्रणालीमा अधिक तरलता भएपछि बुधबारसम्ममा राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाको ३ खर्ब ९७ अर्ब रुपैयाँ थुप्रिएको छ । यो रकम मध्ये २ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलनको हो भने एक खर्ब ४१ अर्ब रुपैयाँ स्थायी निक्षेप संकलनको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।